+

यू-१९ क्रिकेट टिमको घोषणा

२०७६ कात्तिक  २० गते २०:०३ २०७६ कात्तिक २० गते २०:०३
यू-१९ क्रिकेट टिमको घोषणा

२० कात्तिक, काठमाडौं । बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ ।

डोली भट्टको कप्तानीमा १४ सदस्यीय खेलाडी छनोट भएका हुन् । टिममा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, श्रृष्टी जैसी, राजमती ऐरी, इश्वरी विष्ट, लक्ष्मी साउद, खुशी डंगोल, गोमा आले, ज्योति दनुवार, निगिमा तामाङ, शिला रेग्मी क्षेत्री र लखिता राजवंशी रहेका छन् ।

बैकल्पिक खेलाडीमा हेलिसा लामा गुरुङ, पेमालम्बु शेर्पा र मनिषा राना रहेका छन् । त्यस्तै, मुख्य प्रशिक्षकमा कलाम अली रहेका छन् भने टिम म्यानेजरमा अमृता पौडेल छन् ।

नेपाली टिम यही शुक्रबार चीन प्रस्थान गर्नेछ । ११ नोभेम्बरबाट साइघाईमा सुरु हुने प्रतियोगितामा नेपालसँगै आयोजक चीन, थाइल्यान्ड, साउदी अरेविया, मलेसिया र म्यानमार रहेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय