Comments Add Comment

एक्लै यात्रा गर्दै हुनुहुन्छ ?

 यसरी योजना बनाउनु पर्छ

एक्लै यात्रा गर्नु अगाडि धेरै कुराहरुको तयारी हुनु आवश्यक हुन्छ । जसमा बजेट सबैभन्दा आवश्यक कुरा हो । त्यसैले आज हामी तपाईंलाई एक्लै यात्रामा जानु अगाडि कसरी बजेटको योजना बनाउने ?

बजेट बनाउनु पर्छ

सर्वप्रथम एउटा त्यस्तो बजेट बनाउनु पर्छ, जसमा  यातायात, होटल तथा खानामा कति खर्च गर्नु हुन्छ भन्ने कुराको योजना बनाउनु पर्छ ।  यात्रामा कति पैसा लिएर जाँदै हुनु हुन्छ र कस्ता प्रकारका सामानहरु किन्नका लागि कति पैसा लाग्छ ।

जाने तयारी

यात्रामा निस्कनु अगाड आफ्नो भिसा रिक्वायरमेन्ट र करेन्सी एक्सचेन्जको बारेमा स्पष्ट हुनु पर्छ । आफ्नो पासपोर्टको एक्सपायरी डेट हेर्नु पर्छ । हरेक महत्वपुर्ण कुराहरु राख्नु भयो कि भएन राम्रोसंग हेर्नु पर्छ ।

टिकट बुक गर्नु पर्छ

आफ्नो फ्लाइट, बस अथवा ट्रेनको टिकट पहिला नै बुक गर्नु पर्छ । होटलसम्म पुग्ने साधन अथवा क्याब पनि पहिले नै बुक गर्नु पर्छ । त्यस्तै आफु बस्ने होटलको बारेमा पनि सबै जानकारी हुनुको साथै सही होटलको छनौट र बुक गर्नु पर्छ ।  नयाँ शहर, जसको बारेमा तपाईंलाई केहि थाहा छैन, त्यस्तो ठाउँमा बस्ने व्यवस्था मिलाउन धेरै तनाव हुन्छ । आफुले भनेको जस्तो ठाउँ नपाउँदा बाध्यतामा जस्तो पनि ठाउँमा बढि पैसा तिरेर बस्न पर्ने हुन्छ । त्यसैले फ्लाइट अथवा बसमा बस्नु अगाडि नै आफु बस्ने ठाउँको बारेमा पहिले नै पहिलो रातको लागि मात्र भए पनि बुकिङ गराउनु पर्छ ।

नक्साको अध्ययन

म्याप (नक्सा) को माध्यमले पहिलाबाट नै समय कसरी विभाजित गर्नुु हुन्छ भन्ने कुरा बुझेर मात्र निस्कनु पर्छ । कता–कता घुम्ने र कति समयमा फर्कने । सुरक्षालाई ध्यानमा राखेर कुन स्थान जानु सही हुन्छ भन्ने कुरा अनुमान लगाउनु पर्छ ।

महत्वपुर्ण फोन नम्बर सेभ गर्नुपर्छ

फोनमा जरुरी एप्स डाउनलोड गर्नु पर्छ । होटल, ट्याक्सि ड्राइभर र घरको सदस्यको नम्बर आफ्नो फोनमा सेभ गर्नु पर्छ । एक्लै घुम्न जाँदा घरको सदस्यहरुको सम्पर्कमा रहनु पर्छ । तपाईं यात्राको लागि जुन शहर जाँदै हुनुहुन्छ त्यहाँ कोहि चिनजानको मानिस छ भने तपाईंको लागि फाइदाजनक हुन्छ ।

एयरपोर्ट र बसपार्क समय भन्दा अगाडि नै पुग्नु पर्छ

जब  यात्राको लागि निस्कनु हुन्छ, कहाँ  ट्राफिक जाम हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन , कहाँ लामो लाइनमा उभिन पर्छ, यो पनि थाहा हुँदैन । त्यसैले समय अगाडि नै निस्कनु बुद्धिमानी हुन्छ ।

हल्का सामान राख्नु पर्छ

व्हील्स भएका ब्रीफकेस अथवा पछाडि भिर्ने ब्यागमा अत्यन्त जरुरी सामान मात्र राख्नु पर्छ । धेरै सामान हालेर भार बढाउनु हुँदैन । यसो गर्दा हरेक ठाउमा सामान बोक्ने व्यक्ति बोलाई रहनु पर्ने झन्झट हुदैन ।

पहिलो दिन शहरको बारेमा थाहा पाउने कोशिश गर्नु पर्छ

यात्राको पहिलो दिन शहरको बारेमा थाहा पाउने कोशिश गर्नु पर्छ । यो कुरा तपाईंको यात्राको पहिलो प्राथमिकता हो । कुन कुन ठाउ“मा के के छ र कसरी जाने भन्ने कुरा मात्र बुझ्नु आवश्यक छ । त्यहाको स्ट्रीट फूड्स र मार्केटहरुको बारेमा जानकारी लिनु पर्छ ।

एक्लो व्यक्तिलाई बस्नको लागि सस्तो विकल्प

काउच सर्फिङ

तपाई कुनै अपरिचित ठाउँमा घुम्न जाँदै हुुनुहुन्छ र तपाईंको बस्ने–खानेको व्यवस्था त्यहाँको कुनै स्थानिय व्यक्तिको घरमा भयो भने कति राम्रो हुन्छ । त्यो परिवारसंग तपाईं एउटै ठाउँमा बसेर खाना खाने, कुरा गर्ने, उनीहरुले आफ्नो गाडीमा तपाईंलाई आफ्नो शहर देखाउने र यी सबै कुरा निशुल्क भयो भने कति रमाइलो हुन्छ । यी कुराहरु काउच सर्फिङको माध्यमबाट सम्भव हुन्छ । काउच सर्फिङ एउटा सोशल नेटवर्किंग वेबसाइट हो, जसको सदस्य एक–अर्काको घरमा पहुना जस्तै बस्न सक्छन् अथवा कुनै यात्रीलाई आफ्नो घरमा बस्न दिन्छन् ।

यदि  कुनै शहर जानु पर्यो भने  त्यो शहरमा उपलब्ध काउच सर्फिङ सदस्यहरुलाई खोज्न सक्नु हुन्छ । उनीहरुसंग सम्पर्क स्थापित गर्न सक्नु हुन्छ र यदि उनीहरुले अनुमति दिए भने उनीहरुकहाँ बस्न पनि सक्नु हुन्छ । यस प्रकार कुनै स्थानीय व्यक्ति कहा बस्नाले त्यो नया ठाउमा पनि आफ्नोपन पाइन्छ र सहुलियत पनि हुन्छ । यसको साथै महंगो होटलमा बस्ने पैसा पनि बच्छ । यसको लागि तपाईले केवल आफ्नो एउटा एकाउन्ट बनाउनु पर्छ ।

होस्टल

एक्लै यात्रा गर्नेहरुका लागि संसारको धेरै देशहरुमा बस्नको लागि सस्तो विकल्प छन्, जसलाई होस्टल भनिन्छ । यी होस्टलहरुमा होटलको जस्तो सुख–सुविधाहरु त हुँदैनन् तर सफा कोठा, ओछ्यान, वाशरुम, खाना बनाउनको लागि सानो भान्छा जस्ता आवश्यक सुविधाहरु पाईन्छ ।

यति मात्र नभएर राम्रो होस्टलमा फ्री वाईफाईको सुविधा पनि हुन्छ । सुत्नका लागि एउटा कोठामा धेरै ओछ्यानहरु हुन्छन् । यसले  अरु ठाउको व्यक्तिहरुसंग भेटघाट हुने मौका पनि प्राप्त हुनुको साथै नयाँ कुरा थाहा पाउनु हुन्छ । सबैभन्दा ठुलो कुरा भाडा सस्तो हुने भएकोले तपाईंको बजेट पनि बढ्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment