+

१३औं सागको फुटबलमा पाकिस्तानले नखेल्ने

२०७६ कात्तिक  २२ गते १७:२२ २०७६ कात्तिक २२ गते १७:२२
१३औं सागको फुटबलमा पाकिस्तानले नखेल्ने

२२ कात्तिक, काठमाडौं । पाकिस्तानले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलमा सहभागिता नजनाउने भएको छ ।

पाकिस्तानले कुल २७ खेलमध्ये १८ खेलमा सहभागिता जनाउँदा फुटबलबाट हात झिकेको हो । योसँगै फुटबलमा ६ देशको मात्रै सहभागिता हुने भएको छ ।

पाकिस्तानले लामो समयदेखि फुटबलमा कम मात्रामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ । २०१६ गुवाहाटीमा भएको १२औं साग खेलकुदको फुटबलमा नेपालले स्वर्ण पदक जित्दा भारत उपविजेता बनेको थियो ।

पाकिस्तानले फुटबलसँगै क्रिकेट, साइक्लिङ, आर्चरी, फेन्सिङ, जुडो, खोखो, प्याराग्लाइडिङ, र ट्रायथलन खेलमा सहभागिता नजनाउने भएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय