Comments Add Comment

रातभर दशरथ रंगशालामै बसेँः मन्त्री विश्वकर्मा

२३ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने बताएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी करिबकरिब अन्तिम चरणमा पुगेको उनले बताए ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले सागलाई भव्य बनाउन दिनरात काम गरिरहेको बताए । पोखरा रंगशालामा काम भइरहेको भन्दै उनले भने, ‘मंसिर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ । दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदैछ । सातदोबाटोमा पनि सम्पन्न हुँदैछ ।’

सागको पूर्वधाधार निर्माणमा सबैभन्दा बढी चुनौती दशरथ र पोखरा रंगशालालाई मानिएको छ । मन्त्री विश्वकर्माले भने दशरथ रंगशालाको प्याराफिट मंसिर पहिलो हप्ताभित्र निर्माण सम्पन्न भइसक्ने जानकारी दिए ।

उनले पछिल्लो दिनमा रंगशालामा निर्माणको प्रत्यक्ष निगरानी गरिहेका छन् । त्यसक्रममा शुक्रबार रातभर आफैं रंगशालामा बसेर काम गराएको उनले बताए । उनले भने, ‘दशरथ रंगशालामा भीआईपी छानो हाल्ने काम थियो । त्यो काम राति नै गर्नुपरेकाले हिजो राति त मैले झिमिक्क आँखा पनि झिम्क्याएको छैन ।’

मंसिर १५ बाट सुरु हुने १३ औं सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment