+

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

२०७६ कात्तिक  २५ गते ७:४० २०७६ कात्तिक २५ गते ७:४०
ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ ।

घरेलु टोली युनाइटेडले ब्राइटनलाई ३–१ गोलअन्तरले स्तब्ध बनाएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्ड्रेयस, पेरेइरा, मार्कुस राष्फोर्डले गोल गरे । त्यस्तै, एक गोल भने उपाहार स्वरुप पाएका थिए । यता, ब्राइटनका लागि भने लेविस डन्कले गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा पेरेइराले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए । खेलको १९ औं मिनेटमा ब्राइटनका डेवी प्रोपरले आत्मघाति गोल गरेपछि युनाइटेडले २–० गोलको अग्रता बनाएको थियो ।

खेलको ६४ औं मिनेटमा लेविसले गोल गर्दै ब्राइटनलाई २–१ गोलको स्थितिमा ल्याए । तर खेलको ६६ औं मिनेटमा राष्फोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ३–१ गोलअन्तरले विजयी भ्एको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय