२५ कात्तिक, काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बंगलादेशको ढाकामा आज भएको नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले कीर्गिस्तानलाई २५-१५, २५-१९ र २५-२० को सोझो सेटमा पराजित गरेको हो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई २५-४, २५-९ र २५-६ को सोझो सेटमा हराएको थियो ।
राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणमा अब माल्दिभ्स र बंगलादेशसँग खेल्न बाँकी रहेको छ ।
प्रतिक्रिया 4