
२६ कात्तिक, काठमाडौं । नेपाल र अमेरिकाको संसदीय अभ्यासबारे आयोजित अन्तर्क्रियामा नेपालका सांसदहरुले आफूहरुको अवस्था दयनीय रहेको गुनासो गरेका छन् ।
सांसद माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसा पनि नहुने बताइन् ।
सांसदलाई साधन स्रोत केही नभएको, अमेरिका अहिलेसम्म नदेखेको जस्ता गुनासो राखेकी थिइन् । उनले आफूले रोजेको संसदीय समिति पनि नपाएको पनि गुनासो गरेकी थिइन् ।
सांसद लक्ष्मी परियारले नेपालमा प्रत्यक्ष निर्वाचित सांसदलाई बढी प्राथमिकता दिने गरिएको तर समानुपातिक सांसदलाई विभेद गरिएको बताइन् । सांसद मानबहादुर विश्वकर्माले प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा पूरा नगर्ने र विपक्षीको सरोकारलाई सुनुवाई पनि नगरेको गुनासो राखे ।
नेपालका सांसदहरुले राखेको जिज्ञासाको जवाफ अमेरिकी पूर्वसांसद बब गुडलाडे र अमेरिकी संसदको सल्लाहकारमा ३६ वर्ष काम गरेका ब्राड स्मिथले जवाफ दिएका थिए ।
उनीहरुले अमेरिकाको संदमा ७ सय जना भन्दा बढीको अनुसन्धान टोली रहेको र एक जना सांसदको टिममा १८ जनासम्म अनुसन्धानकर्ता रहने बताएका थिए ।
प्रतिक्रिया 4