+
+
Shares

भारतीय नक्साको त्रुटि सच्याउन कुटनीतिक पहल गर : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १४:४१

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतले हालै प्रकाशित गरेको नक्सामा देखिएको त्रुटि सच्याउन र नेपाली भूभागको संरक्षणका लागि कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले नक्साले संशय पैदा भएको भन्दै यसलाई कायम राखिरहनु दुबै देशको हिता नहुने ठहर गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘भारतबाट प्रकाशित राजनीतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अबिलम्व कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ ।’

बैठकले पार्टी अध्यक्ष कमल थापा बुधबार अमेरिका भ्रमणमा जाने भएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी वुद्धिमान तामाङलाई दिने निर्णय गरेको छ ।

थापा डिसेम्बर ४ र ५ मा अमेरिकामा हुने इन्टरनेसनल डेमोक्रेटिक युनियनको सम्मेलनमा सहभागी हुन र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाजको अधिवेशनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?