+
+

प्रमोद साहको मुद्दा फिर्ता लिन सांसदकाे आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १७:५४

२७ कात्तिक, काठमाडौं । जनकपुर विमानस्थलमा जनताको समस्याबारे बोल्दा सांसद प्रमोदकुमार साहमाथि मुद्दा लागेको भन्दै सांसदहरुले उनको मुद्दा फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बुद्ध एयर निर्धारित समयभन्दा ढिला उडेपछि सांसद साहले विमानस्थलमा तोडफोड गरेका थिए । सोही आरोपमा उनलाई प्रहरीले प्रक्राउ गरेको थियो ।

वायुसेवा कम्पनीले जति बदमासी गरे पनि जनता बोल्न नसक्ने र बोल्ने मान्छेहरुलाई मुद्दा लगाएर फसाउने काम भएको राष्ट्रिय जनता पार्टीकी सांसद अमृता देवि अग्रहरीले बताइन् ।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भनिन्, ‘एयरलाइन्सको वेथितिबारे जनता बोल्न सक्दैनन्, जनताको प्रतिनिधिको हैसियतले कुरा उठाउँदा फसाउने काम भयो ।’

उनले शाहको मुद्दा फिर्ता लिएर जनमतको कदर गर्न सरकारसँग माग गरिन् । शाहले जहाजभित्र उडान सुरक्षामा आँच आउने गरी कुनै गतिविधि नगरेको र बिरामी व्यक्तिका लागि आवाज उठाउँदा मुद्दा लगाएर थुन्ने काम भएको भन्दै विरोध गरिन् ।

आफू हरेक पटक उड्दा कहिले पनि सही समयमा प्लेन उडेको अनुभव नगरेको भन्दै उनले जनताको प्रतिनिधि नै बोल्न नपाए को बोल्छ भन्दै प्रश्न गरेकी छिन् ।

याे पनि पढ्नुस्–

साधारण तारेखमा छुटे सांसद साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?