+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानमन्त्री आफैंले मोदीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल   

रासस रासस
२०७६ कात्तिक २८ गते १४:५८

२८ कात्तिक,  भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताए  ।

विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काङ्ग्रेससमेत तयार रहेको जानकारी दिँदै नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिए ।

‘छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ’, नेता पौडेलले भने,’अहिले दुईतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण सङ्कलन गरेर सरकार कडा रुपमा प्रस्तुत होस् ।’

नेपाली काङ्ग्रेस झापा शाखाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँलगायत काङ्ग्रेस नेता डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र बद्रि पाण्डे झापा आएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?