
२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश ३ का सांसद नरोत्तम बैद्यले नयाँ प्रदेश प्रमुखहरुको योग्यताबारे प्रश्न उठाएका छन् ।
‘हामीले विचराहरुलाई प्रदेश प्रमुख छान्यौं । चुनाव हारेका, कहीँ नबिकेकालाई जागीर खान पठायौं’ सांसद वैद्यले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने ।
सरकारले केही समयअघि मात्रै सातवटै प्रदेश प्रमुखलाई पदमुक्त नगरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । जसमध्ये प्रदेश नम्बर तीनका प्रदेश प्रमुख विष्णु प्रसाईं २०७४ सालको स्थानीय तहको चुनावमा झापाको मेचीनगर नगरपालिकाबाट पराजित भएका थिए ।
कसैको नाम उल्लेख नगरी सांसद बैद्यले भने, ‘गर्भनरलाई पनि नमस्कार गरौं कि नगरौं हुन्छ ।’ कांग्रेस सांसद वैद्य काठमाडौँ क्षेत्र नम्बर ४ को क बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
कार्यक्रममा सहभागी प्रदेश ३ का सांसदहरुले बिभिन्न अभावका बीच प्रदेशले काम गर्नु परेको, संसदीय समितिमा बोलेका कुरा रेकर्ड नहुँदा आफ्नो धारणाले पछि कस्तो असर पर्यो ? भनेर बताउन वा अखिलेखीकरण गर्नमा समस्या भएको लगायतका गुनासो गरेका थिए ।
प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले हालसम्म प्रदेशले ४५ वटा कानुन बनाइसकेको जानकारी दिए ।
प्रतिक्रिया 4