+
+
Shares

ठगी अभियोगमा गुन्डा बाघेसहित २४ जनालाई ३६ लाख धरौटी माग

शम्पत्ति शुद्धिकरण विभागमा बुझाउन प्रहरीले पुनः समात्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३० गते २:३०

१ कात्तिक, काठमाडौं । निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा उर्फ बाघेसहित २४ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

तर, पक्राउ परेकाविरुद्ध शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्ने भएकाले प्रहरीले पुनः उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

यसअघि प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरी १ कात्तिकमा सार्वजनिक गरेको थियो ।

उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिणाम कम गरेर बेच्ने गरेको एसएसपी सहकुलबहादुर थापाले बताएका थिए ।

निर्माण सामग्री ढुवानी गर्ने गाडीमा उपभोक्ताले पत्तो नपाउने गरी बक्सको प्रयोग गरी घटी परिमाणको निर्माण सामग्री ढुवानी गरी उपभोक्ताले पत्तो नपाउने गरी ठगी गरिरहेको भनी उपभोक्ता हित संरक्षण मञ्चले दिएको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख थापाको भनाइ थियो ।

पक्राउ पर्नेमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाडादेवी निर्माण सप्लायर्सका प्राकश भण्डारी, सेतीदेवी सप्लासर्यका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लासर्यका श्यामबहादुर मगर र नो नेम सप्लायर्सका पुष्कर थापा थिए ।

त्यसैगरी श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ (विजय) गोारखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?