+
+
Shares

भारतले मिचेको भूमि फिर्ता गराउन सरकार सक्रिय : नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १०:५९

१ मंसिर, भक्तपुर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् ।

ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’

नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे । पूर्वउपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिरसमेत गरे ।

चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतलगायतको सहभागिता थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?