+

खेलाडी नाइट क्लब प्रकरणमा एन्फा पदाधिकारीमाथि पनि छानबिन गर्न माग

२०७६ मंसिर  ३ गते १०:५७ २०७६ मंसिर ३ गते १०:५७
खेलाडी नाइट क्लब प्रकरणमा एन्फा पदाधिकारीमाथि पनि छानबिन गर्न माग

३ मंसिर, काठमाडौं । विश्वकप छनोट खेल्न भुटान उड्नुअघि राष्ट्रिय टिमका चार खेलाडी नाइट क्लबमा गएको विषयमा व्यवस्थापकहरूमाथि समेत छानबिन गर्नुपर्ने आवाज उठेको छ । ४ जिल्लाका फुटबल संघहरूले अखिल नेपाल फुटबल संघ (अध्यक्ष) का अध्यक्षलाई पत्र लेखेर यस्तो माग गरेका हुन् ।

‘… टिमका व्यवस्थापक तथा सरोकारवालालाई सोधपुछसमेत नगरिनु आफैंमा आश्चर्यजनक रहेको छ’, पत्रमा भनिएको छ, ‘यो विषयमा एन्फाले प्रशिक्षक, टिम व्यवस्थापक तथा होस्टेलका जिम्मेवार व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याउनुले एन्फाका जिम्मेवार पदाधिकारीले यस घट्नामा संलग्न भएको प्रस्तुत आधार देखिएको हुँदा एन्फाले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्दछ ।’

कुवेतसँग खेल्न भुटान जानुअघि विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई एन्फाले कारवाही गरेको थियो । तर, जिल्ला संघहरूले एन्फा पदाधिकारीमाथि नै शंका व्यक्त गरेर पत्र लेखेका छन् ।

यसरी पत्र लेख्नेहरूमा जिल्ला फुटबल संघ काठमाडौंमा अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतमबाबु सुजखु, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका अध्यक्ष दीपक खतिवडा छन् ।

नेपालमै हुनुपर्ने खेल एन्फाकै असक्षमताका कारण भुटान पुगेको उल्लेख गर्दै लेखिएको आलोचना पत्रमा भनिएको छ, ‘एन्फाले आफ्नो धारणा सार्वजनिक गरी खेलाडी सँग–सँगै त्यसका जिम्मेवार व्यक्ति तथा पक्षलाई कारवाही किन नगर्ने ?’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय