+
+

‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो

श्रवण देव श्रवण देव
२०७६ मंसिर ४ गते १०:०७
Photo Credit : फाइल तस्वीर

४ मंसिर, जनकपुरधाम । सिरहाको लहानबाट अपहरण गरेको भनिएको  नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर फेला परेको छ ।

मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१  स्थित रमदैयामा फेला परेको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको पुष्टि गरे ।

भेटिएको ट्यांकरमा तेल खन्याइएको छ ।  तेल कहाँ खन्याइयो भन्ने खुलेकाे छैन ।

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । यद्यपि, दाबी गरिएजस्तो टयांकर अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको बहाना गरिएको थियो भन्ने खुलेको छैन ।

टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी दिए ।

नेपाल आयल निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?