Comments Add Comment

के विश्वमा नास्तिकको संख्या बढ्दैछ ?

बेलायतमा सबैभन्दा धेरै नास्तिक

के मानिसमा भगवानप्रतिको विश्वास गुमिरहेको हो ? पछिल्लो समय भगवानको अस्तित्व बिस्तारै कम हुँदै गएको हो ? के मानिसहरु चारैतिर फैलिएको धर्मबाट मुक्त हुन चाहिरहेका छन् ? अमेरिकामा भएको एक अध्ययनले विश्वभर नास्तिकता बढ्दै गएको देखाएको छ । यो एउटा दृष्टिले हेर्दा चिन्ताको विषय हो भने अर्काे दृष्टिले हेर्दा स्वतन्त्रताको सुरुवात पनि हो ।

धर्मको अर्थ कर्तव्य हो । कुनैपनि धर्मले नराम्रो कर्म गर्दा त्यसले मरणोपरान्त दुःख भोग्नुपर्छ भन्ने बताउँछ । कुनै धर्मले यही जीवनकालमा नै सजाय भोग्नुपर्ने बताउँछ । त्यसका कारण शक्तिमा पुगेका मानिस समेत धर्म सम्झिएर सत्मार्गमा हिँड्छन् भन्ने आस्तिक मत छ । यसले समाजलाई एउटा दिशामा लैजानको लागि समेत मद्दत गर्छ भन्ने आस्तिक मत छ । तर, अब बढ्दै गएको नास्तिकताले विश्वलाई कुन गतिमा लैजाला भन्ने चिन्ता आस्तिक पक्षधरको छ । तर, नास्तिक मतलाई मान्यता दिनेहरुले यसलाई सकारात्मक कदम मान्ने गरेका छन् ।

पछिल्लो एक दशकमा अमेरिकामा ईसाईमतमा विश्वास गर्नेहरुको संख्यामा भारी गिरावट आएको छ । यसरी ईसाई धर्म छाड्नेहरुमध्ये धेरैले कुनैपनि धर्म नमान्ने घोषणा गरेका छन् । ईसाई मतमा पनि त्यहाँ रोमन क्याथोलिक मतमा विश्वास गर्नेहरुको संख्यामा उल्लेख्य कमी आएको छ । आफूलाई एउटा कुनैपनि धर्मसँग सम्बन्धित नभएको भन्न रुचाउनेको संख्यामा पछिल्लो दशकमा भारी बृद्धि भएको हो । सो अध्ययनका अनुसार सन् २००९ मा ईसाई मतलाई विश्वास गर्नेको संख्या २०१९सम्म आइपुग्दा १० प्रतिशतले गिरावट आएको छ । यतिमात्रै नभएर अमेरिकामा हुने धार्मिक कार्यक्रममा जानेको संख्यामा समेत ७ प्रतिशतले कमी आएको छ ।

अर्कोतर्फ, बेलायतमा पनि ठूलो संख्यामा मानिसहरू कुनै धर्ममा विश्वास गर्दैनन् । सो अध्ययनका अनुसार यस्ता नास्तिकहरुको संख्या बेलायतको कुल जनसंख्याको झण्डै आधा (४९ प्रतिशत) पुगेको छ । सन् १९८३ मा नास्तिकहरुको संख्या कूल जनसंख्याको ३१ प्रतिशत थियो । यो आँकडा एक दशक अघिसम्म आइपुग्दा ४३ प्रतिशत पुगेको थियो । सन् १९८३ मा बेलायतमा नास्तिकहरूको कुल जनसंख्या १ करोड २८ लाख थियो । २०१४ को तथ्यांक अनुसार सो संख्या २ करोड ४७ लाख पुगेको छ ।

बेलायतमा सन् १९८३ मा ४० प्रतिशत मानिसहरु चर्चका अनुयायी थिए । २०१४ मा यो आँकडा १७ प्रतिशतमा सीमित भएको छ । इंग्ल्यान्डको चर्चका अनुयायीहरूको संख्या बिगत एक दशकमा नाटकीय रुपमा परिवर्तन भएको हो ।

धेरै जनसंख्या र आस्तिकहरु भएको मानिने भारतमा सन् २००१ को तुलनामा २०११ मा १७ प्रतिशत जनसंख्या बृद्धि भएको थियो । जसमा हिन्दुहरु १७ प्रतिशत, मुसलमानहरु २५ प्रतिशत, ईसाईहरु १६ प्रतिशत, शिखहरु ८ प्रतिशत र बौद्धहरु ६ प्रतिशतले बढेका थिए । तर, जनगणनाको क्रममा अन्य धर्म मान्ने वा नास्तिकहरु १९ प्रतिशतले बढेका छन् ।

जनगणनामा धर्मको उल्लेख गर्न नचाहनेको संख्यामा आश्चर्यजनक रुपमा ४ गुणा-३०० प्रतिशतसम्म) बढेको छ । कूल आवादीको रुपमा हेर्दा त यो ०.२३ प्रतिशत मात्रै हुन आउँछ । संख्यामा हेर्दा २००१ को ७ लाख २७ हजारको तुलनामा २०११ मा २८ लाख ६७ हजार पुगेको छ । यति तीब्र गतिमा भारतमा समेत नास्तिकता बढिरहेको पाइएको छ ।

यो अध्ययन अमेरिकाको प्यू रिसर्च सेन्टरले गरेको हो । यो तथ्यांकले अमेरिका सहित सम्पूर्ण विश्वमा नास्तिकहरुको संख्या आश्चर्यजनक रुपमा बढेको देखाएको छ । सर्वेक्षणका अनुसार प्यू सेन्टरको सर्वेक्षणमा ६५ प्रतिशत वयस्कहरुले आफ्नो धर्म ईसाई रहेको बताएका छन् । जबकि २००९ मा गरिएको यस्तै सर्वेक्षणमा ७७ प्रतिशत वयस्कले आफ्नो धर्म ईसाई रहेको बताएका थिए । आफैंलाई नास्तिक बताउनेको आँकडा त्यहाँ १७ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको छ । यसमा कैयौं यस्तापनि भेटिए जसले एउटामात्रै धर्मलाई नमानेर सर्वधर्म सापेक्षको नीति लिएका छन् । यो अध्ययन एक वर्ष लगाएर गरिएको थियो ।

अमेरिकामा मुख्यतया रोमन क्याथोलिक र प्रोटेस्टेन्ट विश्वासका ईसाईहरू बसोबास गर्ने गर्छन् । प्रोटेस्टेन्टभन्दा पनि रोमन क्याथोलिकहरूको संख्यामा पहिलेभन्दा धेरै कमी आएको छ । यो संख्या २००९ मा ५१ प्रतिशत रहेकोमा अहिले आएर २० प्रतिशतमा सीमित भएको छ ।

प्यू सर्वेक्षण रिपोर्टका अनुसार पछिल्लो एक दशकमा धार्मिक सेवामा भाग लिनेहरूको संख्यामा पनि उल्लेख्य ह्रास आएको छ । पछिल्लो दशकमा महिनामा एक वा दुई पटक धार्मिक कार्यक्रमहरूमा जाने व्यक्तिहरूको संख्यामा ७ प्रतिशतसम्म कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment