+
+
Shares

२५ हजार घुससहित लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १६:४३

८ मंसिर, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?