Comments Add Comment

सागको कुस्तीमा सुरक्षा समस्या रहन्न : प्रदेश सरकार

सीमामा सुरक्षा कडा

१० मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को कुस्ती खेल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हुँदैछ ।

सागको एक मात्र खेल जनकपुरधाममा हुन लागेको हो । जनकपुरधामस्थित कभर्ड हलमा मंसिर २० गतेदेखि २४ गतेसम्म यो खेल हुनेछ ।

खेलका लागि जनकपुरधामको सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । खेलका क्रममा सानो घटना हुँदा पनि देशकै प्रतिष्ठामा आँच आउने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुले बताए ।

राष्ट्रिय खलकुद परिषद (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अन्तर्राष्ट्रियस्तरका कुस्ती खेलाडीहरु यहाँ आउने भएका कारण सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हरेक देशमा खेलाडीको सुरक्षा महत्वपूर्ण हुने बताए । उनले भने, ‘सानो घटना भयो भने पनि देशको प्रतिष्ठामा आँच आउँछ ।’

प्रदेश सकारले भन्यो- ढुक्क हुनुस्

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको खेल हुनु गर्वको विषय भएको बताए । उनले प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सुरक्षामा कुनै समस्या नआउने विश्वास दिलाए । उनले भने, ‘विगतको भन्दा अहिले यहाँको सुरक्षा अवस्था एकदमै सुध्रिएको छ ।’

सुरक्षा योजना बनिसक्यो : एसपी खनाल

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले कुस्ती खेलका निम्ति सुरक्षा योजना बनाइसकिएको बताए । खेल तालिकासहितका जानकारी आएपछि सुरक्षा योजनालाई थप प्रभावकारी बनाइने उनले बताए । उनकाअनुसार कुस्ती खेलका लागि ५ सय ५५ जना सुरक्षाकर्मी खटिनेछन् ।

सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले सीमामा सुरक्षा कडा बनाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment