१० मंसिर, काठमाडौं । मोरङ प्रहरीले विभिन्न घट्नामा अदालतबाट दोषी ठहर भई फरार ४६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङबाट चोरी, लागूऔषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भई कैद तथा जरिवानाको सजाय तोकिएका फरार ४६ जना प्रतिवादीहरुलाई सोमबार एकैदिन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङमा दाखिला गरेको हो । दाखिला भएका मध्ये अधिकांश तोकिएको जरिवाना रकम दाखिला गरी अदालतबाट छुटिसकेको प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4