Comments Add Comment

सागको सबै तयारी पूरा, हिटिङ स्वीमिङ पुलमा भोलि पानी हालिने

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषदले  जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी राखेपका सदस्य सचिव रमेश सिलवालले बिहीबार साँझसम्‍म सागको सबै तयारी सकिने बताए । ‘बिहीबार रातिदेखि हाम्रो सम्पूर्ण तयारीको काम सकिनेछ । दशरथ रंगशालको भीआईपी प्यारापिटतर्फ सिट राख्ने काम आज राति सकिनेछ । हामी भोलि ग्राण्ड रिहर्सल गर्नेछौँ’ सिलवालले भने ।

सागका लागि निर्माण गरिएको हिटिङ सिस्टमको स्विमिङ पुलमा शुक्रबार पानी हालिने भएको छ । सागकै लागि भनेर निर्माण गरिएको स्वीमिङ पुलमा अहिलेसम्म काम भइरहेको छ ।

३ दिनपछि उद्घाटन हुने सागको सम्पूर्ण तयारी पूरा भएको र स्वीमिङ पुल पनि समयमै तयार हुने राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव सिलवालले जानकारी दिए । ‘शुक्रबार बिहान स्विमिङ पुल भ्रमण गरेको थिएँ । अब भोलि त्यहाँ पानी राख्ने काम हुन्छ । पर्सीबाट नेपाली खेलाडीले ट्रेनिङ शुरु गर्नेछन्’ उनले बिहीबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा भने ।

यस्तै उनले पोखरा रंगशालाको काम पनि लगभग सकिएको बताउँदै उनले त्यहाँ १३ हजार सिटको प्यारापिट तयार भएको सुनाए । साथै नेपालको महिला फुटबल टोलीले पोखरा रंगशालमा प्रशिक्षण पनि सुरु भएको सिलवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment