
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । स्वर्णको दाबेदार रहेको पाकिस्तानले बिहीबार भएको समूह बी को खेलमा मल्दिभ्सलाई ३-० को सेटमा पारजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई २५-१६, २५-२३, २५-१५ ले पारजित गरेको हो ।
जितपछि पाकिस्तानले समूह बी मा ३ अंक जोड्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि बुधबार भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4