Comments Add Comment

पुटिनको नेपाल भ्रमण हुनेमा आशावादी छौं : मन्त्री बाँस्कोटा

१२ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने/सुनिने बनाउने गरी सरकारले आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटा भन्छन्, ‘हामी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा देखिने/सुनिने बनाउछौं । यसै अन्तर्गत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका छौं ।’

तर, राष्ट्रपति पुटिनले नेपाल भ्रमण गर्छन् या गर्दैनन् ? भन्नेमा भने मन्त्री बास्कोटा विश्वस्त देखिएनन् । ‘हाम्रा परराष्ट्रमन्त्रीज्यूले भेटेरै यो कुरा राख्नुभएको छ र हामी आशावादी छौं । हामी संसारका शक्ति राष्ट्र वा अरु देशका राष्ट्र सबैसँग मित्रता चाहन्छौं भन्ने यो अर्को उदाहरण हो । कति सफल हुन्छौं/हुँदैनौं त्यो समयक्रममा देख्नुहुनेछ’ मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

अघिल्लो महिना चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणममा निम्त्याएको सरकारले अर्को शक्ति राष्ट्र रुसका राष्ट्रपति पुटिनलाई पनि भ्रमण गराउने प्रयास अगाडि बढाएको छ ।

यसै सम्बन्धमा पत्रकारले गरेको प्रश्नमा मन्त्री बास्कोटाले रुसी पुटिनलाई भ्रमणको निम्तो दिएको र पुटिनको नेपाल भ्रमण हुनेमा आशावादी रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment