१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडी प्रतियोगिता सञ्चालनका लागि शुक्रबार स्वीमिङ पुल निर्माणको काम सकिएको छ ।
शुक्रबारसम्म स्वीमिङ पुलमा पानी राख्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । स्वीमिङ पुलमा पानी भरिन करिब ११ घण्टा लाग्नेछ । स्वीमिङ पुलमा १३ लाख लिटर पानी अटाउनेछ ।
राखेपका सब इन्जिनियर कर्मा शाहीका अनुसार शनिबारसम्ममा स्वीमिङ पुल पौडीका लागि तयार हुनेछ । शनिबार बेलुकादेखि स्वीमिङ पुलमा ट्रेनिङ गर्न सकिने शाहीले बताए ।
स्वीमिङ पुलका लागि आवश्यक पानी रिजर्भ ट्यांकीमा राखिसकिएको छ । पानी तताएर फिल्टर गरेपछि पोखरीमा राख्ने राखेपको तयारी छ । पौडी पोखरीमा १० वटा स्ट्याण्ड राखिनेछ ।
प्रतिक्रिया 4