+
+

ऐरावती गाउँपालिका १ मा नेकपा र २ मा बागी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १६:१५

१५ मंसिर,प्युठान । प्युठानको ऐरावती गाउँपालिका वडानम्बर १ को वडाध्यक्षमा नेकपाका द्रोणकुमार पाण्डे विजयी भएका छन् । आइतबार अपरान्ह सकिएको मतगणनामा विपक्षी नेपाली कांग्रेसका अमर रेश्मी मगरलाई ९ मतले पछि पार्दै पाण्डे वडाध्यक्ष निर्वाचित भएका हुन् ।

पाण्डेले ६८७ मत पाएर जित्दा मगरले ६७८ मत प्राप्त गरेका छन् । यसअघि पनि सो वडामा तत्कालीन माओवादीले जितेको थियो ।

उता ऐरावत २ को वडाध्यक्षमा भने नेकपाका बागी उम्मेदवारले जितेका छन् ।

यो पनि पढ्नुस्– नेकपाले प्यूठानमा सहमति उल्लंघन गर्‍यो : मसाल

छडी चुनाव चिन्ह लिएर उठेका नेकपामा स्थानीय नेता भीमेशकुमार घर्तीले ८५५ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका मोहन विश्वकर्माले ५०४ मत प्राप्त गरेका छन् । यहाँ राजमोलाई केन्द्रबाट नेकपाले समर्थन गर्ने निर्णय गरे पनि स्थानीय कमिटीले अवज्ञा गरेर घर्ती मगरलाई उठाएको हो ।

नेकपाका जिल्ला इन्चार्ज कृष्णध्वज खड्का,जिल्ला अध्ययक्ष तुलसीराम शर्मा लगायतका नेताकै अगुवाईमा घर्तीलाई उम्मेदवार बनाइएको थियो । उनको पक्षमा नेकपा स्थायी कमिटी सदस्य मणी थापा समेत उभिएका थिए ।

राष्ट्रिय जनमोर्चाले केन्द्रको सहमति विपरित स्थानीय नेकपाले घर्तीलाई उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?