+
+
Shares

कास्की–२ मा विद्याको जित पक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १७:२५

१५ मंसिर, पोखरा । उपुचनाव भएको मुलुकको एकमात्र प्रतिनिधिसभा सिट कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ ।

दुई वडाकाे मत मात्रै गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ८३० भन्दा बढी मतले पछि पारिसकेकी छन् ।

निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २२ हजार १८२ मत प्राप्त गर्दा खेमराजको १३ हजार ३५२ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।

रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर अहिलेनै करिर ९ हजार पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?