Comments Add Comment

महाथीर मोहम्मदको जीवनशैली : कति मितव्ययी, कति नम्र

हाम्रा नेता/मन्त्रीहरु सुविधाभोगी छन् । थोरै मौका पाउनसाथ उनीहरु पुस्तौ-पुस्तालाई पुग्ने सम्पति जोड्न लालयित हुन्छन् । ऐस-आराममा जिन्दगी बिताउन चाहन्छन् । विलासी जीवनशैली अपनाउँछन् । खानपान, लत्ताकपडादेखि घुमघाममा करोडौं रुपैयाँ उडाउँछन् । जबकि विश्वमा यस्ता पनि नेता/मन्त्री छन्, जो सामान्य जीवनयापनका पर्याय झैं लाग्छन् । उनीहरू जीवनोपरान्त समेत प्रेरणाका पात्र बन्छन् । उनीहरुको साधारण जीवनशैली हुन्छ तर सोच र चिन्तन भने उच्च हुन्छ। यसका उदाहरण हुन्, मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथीर मोहम्मद ।

मलेसियाको एउटा इतिहास उल्ट्याउने परिवर्तनकारी प्रधानमन्त्री हुन्, उनी । ३८ वर्षसम्म अमेरिकाको कार्यकारी प्रमुख बनेका उनी उमेरले शतक हान्नको लागि ५ वर्ष बाँकी छ । ९५ वर्षसम्म मलेसियाली शासनसत्ता सम्हालेर बसेका प्रधानमन्त्री मोहम्मद मलेसियाको अर्थव्यवस्थामा कायापलट बनाउन सफल एक अनुकरणीय र उदाहरणीय प्रधानमन्त्री हुन्।

हरेक साताको अन्तिममा परिवारसँग वा श्रीमतीसँग मात्रै भएपनि बजारमा गएर खाना खानु महाथीरको एउटा नियमित प्रक्रिया हो। उनको नजरमा खाना भनेको मानसिक सन्तुष्टि र शारीरिक लाभको लागि अनिवार्य कुरा हो । उनी विशेषगरी रमदानको समयमा परिवारका साथ विशेष उत्सव मनाउने गर्छन् । उनको दैनिकी अरु दिन सामान्य नै हुने गर्छ । समय मिलेको बेलामा घरमा परिवारसँग रमाउने गर्छन् उनी । उनी सामान्यतया पश्चिमा शैलीको कपडामा धेरै सहज मान्छन् । टाइसुट र सर्ट उनी धेरै लगाउँछन् ।

बेला बेलामा उनी घरमा बस्दा पनि परम्परागत मलाया कपडाहरु पनि लगाउने गर्छन् । बलाया बाजु, ट्राउजर र सांककमा उनी धेरै खुसी हुन्छन् ।

सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री तुन हुसैन ओनले स्वास्थ्य समस्याका कारण पद छाडेपछि महाथीरले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न थालेका हुन् । त्यो समयदेखि २००६ सम्ममा उनले मलेसियामा कायापलट नै गरेका थिए । आˆनो उमेरका बावजुद देशलाई उचाईमा पुर्‍याउने तिनै हस्ती महाथीरले दृढ संकल्प र अटल प्रतिबद्धताका साथ प्रधानमन्त्रीको रूपमा अझै कार्यरत छन् ।

उनी केवल राजनीति र विकासका हिसाबले मात्रै आदर्श छैनन् । उनको जीवनशैली र जीवन जिउने कलाको हिसाबले पनि उनी एक आदर्श व्यक्तित्व हुन् । झण्डै एक शताब्दीको उमेर पुग्न लागेका महाथीरबाट जीवनशैलीको रुपमा हामीले ४ कुरा सिक्न सक्छौं ।

मितव्ययी र नम्रता

केवल राज्यको खर्चमा मात्रै नभएर उनी घरायसी खर्चमा पनि निकै मितव्ययी छन् । उनी सुझाव दिन्छन् ‘हामीले जीवन जिउनको लागि अति आवश्यक बाहेक अरु खर्च गर्नु हुँदैन । आम्दानी बढाउने सबैभन्दा राम्रो र आधारभूत तरिका भनेको नै बचत गर्नु हो ।’

उनी सम्झन्छन् उनले जागिरे हुँदा सधैंभरी आफ्नो ज्याला बचाउँदै आए । दशकौंसम्म यसरी जम्मा गरेको लाखौं रुपैयाँ एकमुष्ठ गरेर उनले आफ्नो ठूलै गर्जाे टारेका थिए । डा. महाथीर भन्छन्, “म एक पैसा पनि खेर फाल्दिन र मलाई अत्यावश्यक नभएसम्म म कुनैपनि कुरा किन्दै किन्दिन ।

उनको यो जीवनशैली विश्वभर विभिन्न अनलाइनहरुमा भाइरल हुने गरेको छ । यसबाहेक पनि उनका अन्य जीवनशैलीहरुको बारेमा समेत विश्वभरी चर्चा हुने गरेको छ ।

जीवनसाथीलाई आदर गर्नु

महाथीर उनकी श्रीमती डा सिती हस्मासँग विवाह बन्धनमा बाँधिएको ६२ वर्ष भएको छ । सम्भवतः उनीहरु विश्वकै सबैभन्दा खुशी दम्पत्तिको रुपमा चिनिन्छन् भन्दा पनि फरक नपर्ला । यो उमेरसम्म पनि उनीहरुको अटुट प्रेम र खुशीको कारण के हो त ? मोहम्मद भन्छन् ‘एकले अर्कालाई आदर गर्नु नै सफल दुईबीच लामो समय जीवन जिउने काइदा हो । त्यसको लागि आफू ठूलो बन्ने कोसिस होइन कि अर्काेलाई आदर गर्ने बानी गर्नुपर्छ ।

यी दुई दम्पत्तिबीच सिंगापुरको किंग एडवर्ड कलेज अफ मेडिसिनमा भेट भएको थियो । उनीहरुबीच बिस्तारै प्रेम हुँदै १९५६ मा विवाह बन्धनमा उनीहरु बाँधिएका थिए ।

“सुरुमा त हामी जवान थियौं, हामीहरुबीच मतभेद, तनाव जस्ता सबै कुराहरु हुने गरेका थिए ।’ डा महाथीर भन्छन् ‘तर, यी सबै कुराहरु बुढेशकालसँगै हराउँदै गएका छन् ।’ पछिल्लो समय दुई दम्पत्तिबीच प्रेम झनै चुलिँदै गएको उनी बताउँछन् ।

‘सुरुमा हामीहरुले देखाएको त्यस्ता व्यवहारहरु परिवर्तन गर्न सकिँदैन भन्ने बुझियो । त्यसपछि हामीहरुले आˆनो पार्टनरको व्यवहार गर्न सकिँदैन भन्ने बुझेपछि आफैंले अर्काेलाई बुझेर व्यवहार र सम्मान गर्न थाल्यौं । अहिले बानी परिसकेको छ ।’ उनले भने ।

लोभी नहुनुहोस्

डा. महाथीरले दिएको पहिलो सुझावमा उनी फजुल खर्च नगर भन्छन् र तेस्रो सुझावमा उनी लोभी नहुनु पनि भन्छन् । दुई सुझावमा कसरी हुन्छ सामन्जस्यता ? उनी भन्छन् ‘कहिलेकाँही तपाई आफूलाई यस्तो अवस्थामा फेला पार्न सक्नुहुनेछ जहाँ तपाईं इमान्दारिताको रेखा बाहिर टाढा जान सक्नु हुँदैन । त्यस्तो अवस्थामा तपाईंले खर्चमा कन्जुस्याईं गर्नु हुँदैन ।’ फजुल खर्च नगर्नु भनेको लोभी हुनु भन्न खोजेको नभई अनावश्यक खर्च नगर्नु भनेको उनको भनाई छ ।

उनले उदाहरण दिँदै भन्छन् ‘मैले लंकावी टापुमा कर माफी दिने बेलामा धेरै पैसा कमाउन सक्थेँ । त्यो भूमिमा कर माफी हुँदैछ भन्ने कुरा मलाई मात्रै थाहा थियो । मैले त्यहाँ धेरै जग्गाहरु किनेर धनी हुन सक्थेँ । तर, मैले त्यसो गरिन । किनकी मलाई कुनै लोभ थिएन ।’

प्रधानमन्त्री महाथीरले भनेको त्यो टापुमा कर माफी गर्नुपूर्व आधा एकड जमिनको मूल्य २०० आरएम थियो । तर, त्यो कर माफीपछि त्यो जग्गाको मूल्य प्रति एकड ५० लाख आरएम पुगेको छ ।

समयनिष्ठ हुनुहोस्

उनको पार्टीका सदस्यका अनुसार महाथीर समयमा यति प्रतिबद्ध छन् कि उनले कहिलै पनि समयलाई बेवास्ता गरेनन् । उनी आफूसँग काम जो कोहीलाई पनि समयनिष्ठ हुन अनुरोध गर्छन् ।

समयनिष्ठ र समयको सम्मान गर्ने बारेमा उनले एक पटक भनेका थिए “यदि म अरुले कडा परिश्रम गरेको देख्न चाहन्छु भने आफूले अरुभन्दा कडा मेहनत गर्नुपर्छ । त्यस्तैगरी, यदि म कुनै व्यक्तिलाई समयबद्ध भएको देख्न चाहन्छु भने पहिले म आफैं समयनिष्ठ हुनैपर्छ ।’

यो पनि पढ्नुहोस सलमान खानको जीवनशैली : साइकल-प्रेमी, दिनमा ६ पटक खाना यो पनि पढ्नुहोस फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ? यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त यो पनि पढ्नुहोस गुगलका सिइओ सुन्दर पिचाइको दैनिकी : शाकाहारी खाना, साँझमा व्यायाम यो पनि पढ्नुहोस जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली यो पनि पढ्नुहोस विराट कोहलीको खानपान : किन भेजिटेरियन बने  ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment