+

लामो आयु बाँच्नका लागि विज्ञानमा आधारित ५ तरिका

२०८२ जेठ  २६ गते १८:५९ २०८२ जेठ २६ गते १८:५९
लामो आयु बाँच्नका लागि विज्ञानमा आधारित ५ तरिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव आयु जीवनशैली, खानपान, व्यायाम र व्यवहार सीमित गर्ने बानीहरू अपनाएर लम्ब्याउन सकिन्छ।
  • आयु सुधारका लागि मेडिटेरेनियन र जापानी खानपान, तौल नियन्त्रण, नियमित व्यायाम, बस्ने समय घटाउने र धूम्रपान छोड्ने सुझाव दिइन्छ।
  • विज्ञानले दीर्घकालीन प्रभाव पार्ने, दिगो र स्वस्थ बुढ्यौलीका लागि जीवनशैली परिवर्तनलाई प्राथमिकता दिन सुझाएको छ।

कतिपय साधारण बानीहरू अपनाउनाले, अनुशासनमा रहनाले हाम्रो आयु लम्ब्याउन र बुढ्यौलीमा समग्र स्वास्थ्यको गुणस्तर सुधार गर्न सकिन्छ । मानव आयु जटिल कारकहरूको संयोजनबाट प्रभावित हुन्छ, जसमा जीवनशैली पनि समावेश छ ।

खानपान, व्यायाम र  व्यवहार सीमित गर्ने जस्ता परिवर्तनयोग्य बानीमार्फत आयु, बुढ्यौलीको समयमा र जीवनको गुणस्तर सुधार गर्न सकिन्छ । कुनै पनि संकल्पमा, दिगोपना महत्त्वपूर्ण छ, त्यसैले यस्ता स्वस्थ बानीहरू एकीकृत गर्ने तरिकाहरू खोज्नुपर्छ जसले संलग्न र खुसी राखोस् ।

आयु वृद्धि गर्नका लागि विज्ञानले विभिन्न आयमहरू विकास गरेको छ । विभिन्न देशहरूमा मान्छ्को औषत आयु बढिरहेको देखिन्छ ।

अझै बुढ्यौलीबाट बच्ने उपाय पत्ता लागेको छैन । तर केही अनुसन्धान अनुसार जीवनशैली छनोट, विशेष गरी खानपान र व्यायामले लामो र स्वस्थ जीवन बाँच्ने कुरामा ठूलो भूमिका खेल्छन् ।

हामी हाम्रा जिनहरू परिवर्तन गर्न सक्दैनौँ, तर विज्ञानले संकेत गर्छ कि आनुवंशिक संरचना जीवनकालको एउटा हिस्सा मात्र हो । बुढ्यौलीबाट कसरी बच्ने भन्दा पनि स्वस्थ बुढ्यौली र स्वास्थ्य अवधि के हो, भन्ने प्रश्न बढि महत्वपूर्ण हुन्छ ।

आयु सुधार गर्न विज्ञान–आधारित ५ तरिकाहरू

१. आफ्नो खानपानलाई मेडिटेरेनियन वा जापानी शैलीमा सुधार गर्ने

आयु सुधार गर्ने र रोगहरू रोक्ने खानपानको कुरा गर्दा, मेडिटेरेनियन डाइट र जापानी÷ओकिनावन डाइट सर्वश्रेष्ठ छन् । सांस्कृतिक र भौगोलिक रूपमा यी टाढा देखिए पनि, दुवैले समान खानपान ढाँचामा जोड दिन्छन् ।

यी ठाउँमा माछा प्रोटिनको मुख्य स्रोतको रूपमा धेरै प्रयोग हुन्छ,  जुन मस्तिष्कलाई बढावा दिने र मुटु स्वास्थ्य राख्ने चिल्लो पदार्थले भरपुर हुन्छ । यहाँका व्यक्तिहरुको खानामा धेरै मात्रा ताजा तरकारीहरू समावेश हुन्छन् । उनीहरू अत्याधिक प्रशोधित खाना र चिनीलाई सीमित गर्छन् ।

कुनै पनि छिटो नतिजा दिने डाइट प्लान प्रभावकारी हुँदैन । आयुको बारेमा सोच्दा, हामीले दीर्घकालीन प्रभाव पार्ने, सबैभन्दा महत्त्वपूर्ण, दिगो हुने खानपान ढाँचा र परिवर्तनहरू विचार गर्नुपर्छ ।

यदि आफ्नो खानपानलाई यी अभ्यासहरूसँग मिलाउन परिवर्तन गर्न चाहने हो भने एक पटकमा एक तत्त्वमा ध्यान दिनुपर्छ र यो व्यक्तिगत, धार्मिक, वा सांस्कृतिक प्राथमिकताहरूसँग मिल्ने कुरा हो भन्ने सुनिश्चित गर्नुपर्छ ।

उदाहरणका लागि, यदि दाल मन पर्छ भने, तरकारी र सेतो चामलको सट्टा दाल खान सकिन्छ । यदि माछा मन पर्दैन भने, अन्य प्रोटिन स्रोतहरूमा ध्यान दिन सकिन्छ ।

२. अतिरिक्त तौल घटाउने

मोटोपन धेरै दीर्घ रोगहरूसँग सम्बन्धित छ, जस्तै मुटु रोग, मधुमेह र  छोटो आयु पनि । तौल नियन्त्रण गर्दा आयु र समग्र स्वास्थ्यमा ठूलो लाभ पुर्‍याउन सकिन्छ। तर केवल तौल घटाउने प्रयास गर्नुको सट्टा, उमेर, लिङ्ग र उचाइको आधारमा उचित तौल कायम गर्नुपर्छ । शरीरको तौलको केवल ५ प्रतिशत मात्र घटाउनाले पनि ब्लड सुगर र उच्च रक्तचाप नियन्त्रणमा प्रभाव पार्न सकिन्छ ।

जीवनका विभिन्न चरणहरूमा स्वस्थ तौल कायम राख्नु स्वस्थ बुढ्यौली र आयु तथा स्वास्थ्य अवधि सुधार गर्नका लागि महत्त्वपूर्ण छ । केही क्लिनिकल परीक्षणहरूले देखाए अनुसार जीवनशैली परिवर्तन, जिएलपी–१ अगोनिस्ट जस्ता औषधि वा तौल घटाउने शल्यक्रिया मार्फत तौल घटाउनाले मधुमेह, मुटुरोग, केही क्यान्सरहरू र अकाल मृत्युको जोखिम कम हुन्छ ।

३. बस्ने समय घटाउने

आजभोलि धेरै जनाको काम लामो समय बसेर गर्नुपर्ने खालको छ । बसेर गर्नुपर्ने काम नभएका व्यक्ति पनि आफ्नो स्वास्थ्य नराम्रो हुने गरी धेरै समय बसेर बिताउँछन् । तर, विज्ञानले लामो समय एकै ठाउँमा बस्दा आयु र रोगको जोखिममा पार्ने नकारात्मक प्रभावहरूमा ध्यान केन्द्रित गरेको छ ।

लामो समयसम्म एकै ठाउँमा बस्ने बानीले मधुमेह, मुटुरोग  र अकाल मृत्युको जोखिम बढाउन सक्छ । यो जोखिम मुख्य रूपमा शारीरिक रुपमा सक्रिय नभएर मोटोपन बढ्नु र शारीरिक गतिविधिको विस्थापनका कारण भएको हो ।

लामो समय एकै ठाउँमा बस्ने बानीले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउँछ, नियमित व्यायाम गरे पनि । त्यसैले  दिनभरिमा पनि शारीरिक गतिविधि बढाउनुपर्छ । जस्तै घर वा कार्यालय वरपर हिँड्ने, कामको बीचमा पनि हल्का व्यायाम गर्ने गर्नुपर्छ ।

४. जति धेरै व्यायाम त्यति राम्रो

नियमित व्यायाम स्वास्थ्यका लागि गर्न सक्ने सबैभन्दा सहज र सस्तो कुरा हो । यसले शारीरिक फाइदा मात्र होइन मस्तिष्क स्वास्थ्य पनि राम्रो हुन्छन् । २०२४ डिसेम्बरमा गरिएको एक अनुसन्धान अनुसार बुढ्यौलीमा राम्रो शारीरिक व्यायामले शरीर फूर्तिलो रहनुका लाथै सम्झना र मस्तिष्कको स्वास्थ्यलाई राम्रो बनाउँछ । शारीरिक गतिविधि बढाउने र लामो समय एकै ठाउँमा बस्ने समय घटाउँदा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

बुढ्यौलीमा दिमागको काम र हिँडडुल गर्ने क्षमता कम हुन सक्छ, जसले जीवनको गुणस्तर घटाउँछ । व्यायाम यी दुवै समस्यालाई कम गर्न सबैभन्दा राम्रो उपाय हो । धेरै बस्ने बानी घटाएर शारीरिक गतिविधि बढाउनु राम्रो सुरुवात हो । जस्तै, बस एक स्टपअघि ओर्लेर हिँड्ने वा टिभी हेर्दा व्यायाम गर्ने जस्ता साना बानीले पनि फरक पार्छ ।

५. धूम्रपान छाड्ने

धूम्रपान छोड्नु स्वास्थ्य र लामो आयुका लागि अत्यन्त जरुरी छ ।  २०१८ को एउटा अध्ययनअनुसार, धूम्रपान नगर्नु, स्वस्थ तौल, नियमित व्यायाम, स्वस्थ खानाले आयु लम्ब्याउँछ ।

धूम्रपानले क्यान्सर, मुटुरोग, मधुमेह र फोक्सोको रोग निम्त्याउँछ । नेपालमा प्रत्येक वर्ष धूम्रपानले निम्त्याउँने रोगका कारण करिब ३९ हजारको मृत्यु हुने तथ्यांक छ ।  धूम्रपान छोड्दा यी रोगहरूको जोखिम कम हुन्छ र १० वर्षसम्म आयु बढ्न सक्छ ।

समग्रमा आयु सुधार गर्न, दिगोपनाबारे सोच्नुपर्छ । निद्रालाई अधिकतम बनाउने, तनाव स्तर कम गर्ने र साप्ताहिक १५० मिनेट शारीरिक गतिविधिमा संलग्न हुने , धुम्रपान छोड्ने र  सक्रिय जीवनशैली बिताउने जस्ता अन्य कारकहरू विचार गर्नुपर्छ ।

जीवनशैली लामो आयु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय