+
+
Shares

मिथिलाको बायोपिकका लागि क्रिकेट सिक्दै तापसी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १२:५९

‘सोर्मा, मिसन मंगल र साँड कि आँख’को रिलिजपछि बलिउड नायिका तापसी पन्नु बायोपिक चलचित्रमा काम गर्न जोसिएकी छिन् । उनै, तापसी अब मिथिला राजको बायोपिकमा काम गर्ने तयारीमा रहेकी छिन् । मिथिला भारतीय महिला क्रिकेट टिमकी क्याप्टेन हुन् ।

तापसी भन्छिन्–‘म बायोपिक चलचित्रप्रति आकर्षित छु । खेलकुदकर्मीको बायोपिकले मलाई अझै आकर्षण गर्छ । म अहिले क्रिकेट सिकिरहेकी छु ।’

तापसीले मिथिलाको जस्तो कथा क्रिकेटका अरु हस्तीको नभएको पनि बताइन् । तापसीले रियल लाइफमा थुप्रै हिरोहरु भएको बताइन् । तर, सबैको जीवनकथा पर्दामा साट्न नसकिने उनको तर्क छ । तापसीले बायोपिक चलचित्र पहिलो रोजाइमा रहने तर्क गरेकी छिन् ।

तापसी पन्नु अहिले महिलालाई केन्द्रिय भूमिकामा राखेर बन्ने चलचित्रमा बढी केन्द्रित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?