+
+
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भारतीय नयाँ नक्साको विरोधमा नेविसंघद्वारा चक्काजाम

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १४:३७

१८ मंसिर, बुटवल । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बुधबार बुटवलमा चक्काजाम गरेको छ ।

लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनुपर्ने र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले बुटवलको मिलनचोकमा प्रदर्शन गरेको हो ।

कार्यक्रममा रुपन्देहीका बिभिन्न क्याम्पसबाट सहभागी भएर आएका विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले बिहान ९—१० बजेसम्म चक्काजाम गरेका थिए ।

कोणसभामा बोल्दै नेविसंघ सिद्धार्थ क्याम्पसका सभापति महेश पौडेलले जनताका हित विपरित सरकार चलेकोले आफूहरु सडकमा आउनुपरेको बताए । उनले सरकारले गरेको मूल्य वृद्धि फिर्ता र भारतले नक्सा नसच्याउँदासम्म आन्दोलनका कार्यक्रमहरु निरन्तर गरिने समेत बताए ।

नेपाल विद्यार्थी संघ रुपन्देहीका नेता छायाँ पोखरेल ,सन्तोष डीसी, सिद्धार्थ क्याम्पस इकाइ सभापति महेश पौडल, लुम्बिनी बाणिज्य क्याम्पस इकाइ सभापति सुरज क्षेत्री लगायले आ—आफ्नो क्याम्पसबाट आन्दोलनको नेतृत्व गर्दै मिलनचोक आएका थिए ।

बुटवलमा दिनदिनै भारतविरुद्ध प्रदर्शनहरु भइरहेका छन् । चक्काजामका कारण बुटवलको सडक भरिभराउ हुँदा कामका शिलशीला र पठनपाठनका लागि हिँडेका विद्यार्थी तथा सर्वसाधरण केही समय समस्यामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?