Comments Add Comment

के हो रुमेटाइट अर्थराइट ?

रुमेटाइड अर्थराइटले जोर्नीको पत्रहरुलाई नोक्सान पुर्‍याउँछ । जसका कारण जोर्नीहरुमा पीडा हुने, सुजन जस्ता समस्याहरु हुन थाल्छ । सुरुवातमा यसले जोर्नीलाई प्रभावित गर्न थाल्छ । त्यसपछि बिस्तारै बिस्तारै यसले शरीरको अन्य अंगहरुलाई पनि प्रभावित गर्न सक्छ । रुमेटाइड एउटा अटोइम्युन डिसार्डर हो । जसमा प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टमले शरीरको सेल्सहरुमा हमला गर्छ । गम्भीर रुमेटाइड अर्थराइटको कारण शारीरिक विकलाङ्गता जस्ता समस्या पनि हुन सक्छ ।

बेवास्ता गर्नु हुँदैन ?

हामी  कुनै न कुनै दिन जोर्नीको दुखाई जस्तो समस्याबाट पीडित हुन्छौं । यसको अर्थ हामीलाई रुमेटाइड भएको छ भन्ने होइन । तर, कहिलेकाहीँ जोर्नीको दुखाई धेरै लामो समयसम्म रहन्छ । जुन समयसँगै बढ्दै जान्छ । जसमा आराम गर्दा पनि कुनै फाइदा हुँदैन । यदि  जोर्नीको दुखाईसँगै शरीरमा सुजन अथवा कठोरपन भयो भने कुनै राम्रो डाक्टरलाई जँचाउन आवश्यक छ ।

के कारण यस्तो हुन्छ पत्ता लगाउनुपर्छ ?

रुमेटाइट हुने प्रमुख कारण त पत्ता लागेको छैन । तर, मोटोपन, धुम्रपान, धेरै तनावले रुमेटाइट बढ्न सक्छ । आजको समयमा हरेक रोगको उपचार हुन्छ । मेडिकल लाइनमा निरन्तर, प्रगति भइरहेको छ । राम्रा-राम्रा औषधिहरु उपलब्ध छन् । जसले रुमेटाइटको लक्षणलाई कम गर्नुको साथै शरीरमा यो बढ्न पनि रोक्छ । औषधि सेवन सँग-सँगै रुमेटाइडका रोगीहरुले आफ्नो जीवनशैलीमा पनि केही परिर्वतन गर्न आवश्यक हुन्छ ।

योगा गर्नुपर्छ

जोर्नीलाई स्वस्थ बनाइराख्नका लागि शारीरिक गतिविधिहरु अति आवश्यक छ । यदि रुमेटाइडको कारण मांशपेशीहरु कमजोर हुन थाले भने योगा र मेडिटेसन आवश्यक हुन्छ । योगाले   वजन बढ्न रोक्छ साथै  मांशपेशीहरु पनि बलियो बनाउँछ । जसले जोर्नीको दुखाईमा आराम प्राप्त हुन्छ । योगा र मेडिटेशनले मुटु सम्बन्धी रोग र डाइबिटिज हुने सम्भावना पनि कम हुन्छ ।

तनाव लिनु खतरनाक

रुमेटाइड भएको समयमा तनाव लिनु शरीरको लागि नोक्सानदायक हुनसक्छ । योगा र मेडिटेशनको सहयोगले शरीरमा छिट्टो परिर्वतन देखिन्छ । यसले तपाईंलाई शारीरिक र मानसिक दुबै रुपले स्वास्थ बनाउछ । मेडिटेसन अर्थात ध्यान, सास फेर्ने र विश्राम लिने गर्नुपर्छ । यदि कोही शारीरिक रुपले बिरामी छ भने अथवा कुनै तनाव भएको छ भने त्यस्तो स्थितिबाट बच्ने एक मात्र उपाय हो योगा । योगा गर्नाले आन्तरिक लाभ हुन्छ । यदि तपाईंलाई रुमेटाइड छ भने सुरुवातमा केही सजिलो योगासन गर्नुपर्छ र पछि बिस्तारै-बिस्तारै यसलाई बढाउनुपर्छ । समय-समयमा डाक्टरको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment