+
+
Shares

पाल्पा जीप दुर्घटनामा मृत्यु हुने २ जनाकै सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १५:०६

१९ मंसिर, बुटवल । पाल्पाको जीप दुर्घटनामा मृत्यु हुने दुई जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले जानकारी दिए ।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप तिनाउ गाउँपालिका-५ चौबिस माइल नजिक दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा अरू कोही नभेटिएकोले जीपमा चालक र सहचालक बाहेक कोही नभएको हुन सक्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?