+

भुटानमाथि बंगलादेशको १० विकेटको जित

२०७६ मंसिर  २० गते ११:३८ २०७६ मंसिर २० गते ११:३८
भुटानमाथि बंगलादेशको १० विकेटको जित

१३ औं सागअन्तर्गत भुटान र बंगलादेशविरुद्धको पुरुष क्रिकेटमा बंगलादेशले १० विकेटको जित हात पारेको छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले विकेट क्षतिबिना ६.५ ओभरमा भेट्टाएको हो ।

टस जितेर भुटानले पहिले ब्याटिङ रोजेको थियो । टेस्ट राष्ट्र बंगलादेशको बलिङमा भुटानी ब्याट्सम्यानहरुले संघर्षपूर्वक २० ओभर ब्याटिङ गरे । भुटानका ओपनरहरुले पहिलो विकेटका लागि २९ रनको पार्टनरसीप गरेका थिए । ओपनर तेन्जेन वाङ्चुक जुनियरले २९ बलमा हानेको १५ रन नै भुटानको लागि व्यक्तिगत सर्वाधिक रन थियो ।

बंगलादेशका मनिक खानले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । अन्य चार जना बलरले १–१ विकेट बाँडेका थिए ।

बंगलादेशलाई ७० रनको लक्ष्य सहजै पछ्यायो । अनुभवी ब्याट्सम्यान सौम्य सरकारले २८ बलमा अविजित अद्र्धसतक प्रहार गरे । उनले ३ छक्का र ४ चौका हिर्काएका थिए । अर्का ओपनर मोहम्मद नाइमले पनि १३ बलमा एक छक्कासहित अविजित १६ रन बनाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय