+
+
Shares

बालबालिकालाई पनि गर्नुपर्छ सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १०:४०

बालबालिकाहरुलाई काँचो माटो जस्तै मानिन्छ । उनीहरुलाई कस्तो रुपमा ढाल्ने भन्ने कुरा तपाईंमा निर्भर पर्छ । ठुलो भएर ले सामाजिक प्रतिष्ठा हासिल गरेको, उन्नती गरेको, असल नागरिक भएको र आफ्नो नाम राखेको हेर्ने चाहना हुन्छ, आमाबुबाको ।

तर यी कुराहरु त्यो समयमा मात्र सम्भव हुन्छ, जब तपाईं शुरुबाट नै आफ्ना बालबालिकाको राम्रोसंग लालन-पालन गर्नु हुन्छ । राम्रो लालन-पालनका लागि अन्य कुराहरु संग-संगै अति नै महत्वपूर्ण कुरा, बालबालिकालाई दिइने सम्मानका कुरा ।

बालबालिकालाई भाइबहिनीको सामुन्ने गाली

यदि तपाईंका बालबालिकाले कुनै काम भनेको जस्तो गरि गरेनन् भने अथवा उनीहरुले कुनै गल्ति गरे अथवा परीक्षामा नम्बर राम्रो ल्याएनन् अथवा उनीहरुले झुटो बोलेर तपाईंलाई रिस उठाउने काम गरे भने, कुरा जति सुकै ठुलो भएता पनि बालबालिकालाई कहिले उनीहरुका साना भाइ-बहिनीको अगाडि अपमानित गर्नु हुँदैन ।

किनभने सानो भाइ तथा बहिनी, जसले घरको अग्रजबाट गालि, पिटाई खाएको देखेर भविष्यमा उनीहरुले ठूलोलाई सम्मान गर्न छोडिदिन्छन् । सानो भाइ अथवा बहिनीको दृष्टिकोणमा ठूलाको सम्मान घट्न थाल्छ । उनीहरुले आफुभन्दा ठुलो दाइ अथवा दिदीको खिल्ली उडाउन थाल्छन । त्यसो हुँदा उनीहरुको मनमा कुण्ठा उत्पन्न हुन्छ ।

त्यसैले यदि ठुला बालबालिकालाई केहि भन्नु पर्दा साना बालबालिकाको अगाडि भन्नु हँुदैन । उनीहरु एक्लो भएको समयमात्र भन्नु पर्छ ।

अरुको अगाडि आफुलाई नियन्त्रणमा राख्नु पर्छ

यदि तपाईंका बालबालिका केही कुरा हराईदियो अथवा कुनै ठुलो गल्ति गरेको कुरा अन्य व्यक्तिको माध्यमबाट थाहा पाउनु भयो भने उनीहरुलाई कराउनु अथवा गालि गर्नु उचित हुँदैन । मानिसहरुका अगाडि कहिले पनि आफ्ना बालबालिकालाई अपमानित गर्नु हुँदैन । उनीहरुसंग एक्लै हुँदा कुरा गर्नु पर्छ ।

रिसाएर गालि गर्नु, कराउनुभन्दा पहिला बालबालिकाले गरेको गल्ति बारेमा कुरा गर्नुपर्छ र उनीहरुको जवाफ पनि सुन्नु पर्छ । परिस्थितिवश उनीहरुबाट त्यस्तो गल्ति भएको पनि हुन सक्छ । उनीहरुलाई आफ्नो बचावका लागि मौका पनि दिनु पर्छ । उनीहरुको कुरा सुनेपछि मात्र उसको गल्ति छ कि छैन भन्ने कुराको निर्णय गर्नु पर्छ ।

यदि उनीहरुको गल्ति नै रै’छ भने पनि उसलाई गालि गर्ने पिट्ने कुट्ने गर्नु भन्दा उसलाई राम्रो संग सम्झाउनु पर्छ । उनीलाई आफ्नो गल्तिको महसुस गराउनु पर्छ र भविष्यमा यस्तो गल्ति नगर्ने प्रण गराउनु पर्छ । मायाले सम्झाएका कुराहरुको गहिरो असर पर्छ । कुटपिट गरेर सम्झाएका कुराहरुले बालबालिकामा क्रोध र विद्राहको भावना उत्पन्न हुन्छ अथवा उ डिप्रेस्ड हुन थाल्छ ।

बालबालिकामा कमी-कमजोरी खोज्नु हुन्न 

बालबालिकालाई हरेक समय अल्छि, नालायक, बेवकूफ, मूर्ख, अनपढ जस्ता शब्दहरु भनिराख्नु हुँदैन । तपाइर्ं उनीहरुमा जति धेरै कराउने अथवा उनीहरुको कमी-कमजोरी खोज्नु हुन्छ, उनीहरु त्यति नै धेरै नराम्रो बाटो हिंड्ने सम्भावना बढ्छ । प्रायः घरहरुमा आमा-बुबा हरेक समय बालबालिकालाई कराइरहन्छन् ।

बाहिरका व्यक्ति, आफन्त र छिमेकीका अगाडि उसको कमी-कमजोरीको बयान गरिरहन्छन् । त्यसो गर्दा बालबालिका भित्र नकारात्मक सोच विकसित हुन्छ । यसको विपरित यदि आमा-बुबाले बालबालिकाको स-साना उपलब्धिहरुको उत्सव मनाउनु पर्छ । अरुको अगाडि उसको प्रशंसा गर्नु पर्छ । उनीहरु भित्र भएका खुबीहरुलाई बढाइ-चढाई भन्नुभयो भने बालबालिका भित्र सकारात्मकता बढ्छ । उ भित्र अझ राम्रो काम गरेर धेरै प्रशंसा पाउने लोभ उत्पन्न हुन्छ । उसको मनमा रिस, ग्लानी अथवा प्रतिस्पधा भन्दा उत्साह, लगन र स्वस्थ प्रतियोगिताको भावना प्रवल हुन्छ ।

बालबालिकाको इच्छालाई सम्मान गर्नु पर्छ

बालबालिका अरुभन्दा भिन्न हुन्छन् । हरेक बालबालिकामा भिन्दा-भिन्दै खुवीहरु हुन्छन् । बालबालिकामा जस्तो खुवी छ, जस्तो शिप छ र भविष्यमा उसलाई जे बन्ने इच्छा छ त्यसको सम्मान गर्नु पर्छ । उसलाई जे बन्ने इच्छा छ त्यहि बन्ने स्वीकृति दिनु पर्छ । प्रायः घरहरुमा बालबालिकाको इच्छालाई अहिले सानै छौ, राम्रो-नराम्रोको ज्ञान छैन भनेर दवाइ दिने गरिन्छ । तर त्यस्तो प्रवृत्ति सही होइन । बालबालिकाको जीवनमा आफ्नो अधिकार जमाउनु हुँदैन ।

उसलाई पुरा सम्मानका साथ आफ्नो जिन्दगी र जिन्दगीसंग सम्बन्धित निर्णय लिन दिनु पर्छ, जसकारण ठुलो भएपछि उनीहरु भित्र-भित्रै गुम्सने, छटपटाउने र क्रोधको ज्वाला होइन सन्तुष्टि, खुशी, अपनत्व र प्रेमको भावना राख्न सकोस् । उनीहरुले तपाईंलाई पनि प्रेम प्रदान गरुन् र अरुलाई पनि प्रेम गरुन् ।

बालबालिकाहरुको नाम बिगार्नु हुँदैन

प्रायः आमा-बुबा र आफन्तहरु बालबालिकाको नाम बिगारेर बोलाउने गर्छन् । जस्तै रामलाई रामे अथवा रामु, मीनालाई मीने अथवा मीनु आदि । त्यस्तै बालबालिकाको बाहिरी कमजोरीको आधारमा पनि उसको नाम राखिदिने गरिन्छ जस्तै कालो बच्चालाई काले, मोटो बच्चालाई मोटे, पुड्कोलाई डल्ले आदि । तर बिर्सेर पनि कहिले पनि बालबालिकाहरुलाई त्यस्ता नामहरुले बोलाउनु हुँदैन । यदि कुनै परिचित अथवा आफन्तले त्यसरी तपाईंको बालबालिकालाई बोलाए भने उनीहरुलाई तुरुन्त यस्तो नगर्न भन्नु पर्छ । नाम बिगार्दा बालबालिकाको व्यक्तित्व पनि विग्रन्छ ।

सधैं बालबालिकालाई त्यहि नामले बोलाउनु पर्छ । जस्तो तपाईं उसलाई देख्न चाहानु हुन्छ, जस्तै हर्ष, आशा, प्रथम जस्ता राम्रो अर्थ लाग्ने नामले बालबालिका भित्र सकारात्मक उजाको सञ्चार हुन्छ ।

बालबालिकालाई सम्बोधन

प्रायः घरहरुमा आफ्ना बालबालिकालाई शुरुबाट नै तपाईं भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । जस्तै तपाईंले खानु भयो, तपाईं कहाँ जानु भएको थियो,  स्कुलमा के-के सिक्नु भयो आदि । यसले बालबालिका भित्र शिष्ट र सभ्य व्यवहार उत्पन्न हुन्छ । यदि तपाईंले बालबालिकासंग तँ अथवा तिमी भनेर कुरा गर्नु भयो भने भोलि उसले अरुसंग अथवा हुन सक्छ तपाईंसँग पनि यहि वाक्य बोल्न सक्छ । जसका कारण तपाईंलाई अरुको अगाडि लज्जित हुन पर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?