+
+

विराटनगर र भद्रपुरबाट सीता एयरले पाथीभरा र हलेसी उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १७:२७

२५ मंसिर, विराटनगर । भ्रमण वर्ष २०२०मा छिमेकी देश भारतका पर्यटकलाई आर्कशित गर्न सीता एयरले विराटनगर र भद्रपुर विमानस्थलबाट पाथिभरा र हलेसी महादेवको मन्दिर दर्शन गराउने प्याकेज ल्याएको छ ।

सीता एयर र माउन्टेन हेलिकोप्टरले धार्मिक पर्यटकका लागि हलेसी पाथीभराको दर्शनको प्याकेज ल्याएका हुन् । पूर्वबाट सुरु हुने योजनाले नेपाल र भारतका धार्मिक पर्यटकले लाभ लिनसक्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने र सो विमानस्थलबाट हेलिकप्टरबाट धार्मिक स्थल पूर्याउनेछ । सिंहका अनुसार धार्मिक यात्राका लागि प्रतिव्यक्ति २३ हजार भाडा तोकिएको छ ।

२९ मंसिरबाट सुरु हुने सेवाले पर्यटन वर्षको विकासमा टेवा पुग्ने होटल व्यवसायी भविष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?