Comments Add Comment

सडक अनुशासन : के तपाईंले यातायातको नियम पालना गरिरहनुभएको छ ?

प्रायः मानिसहरु सडकका सवारी साधन चलिरहेको अवस्थामा हतारका कारण यातायातको नियमहरु पालना गर्दैनन्, जसका कारण उनीहरु सडक दुर्घटनामा मारिन्छन् । यसको प्रमुख कारण भनेको उनीहरुलाई यातायातको नियमहरुको कुनै वास्ता नै हुँदैन अथवा उनीहरुलाई यातायातको नियमहरु थाहा पाएर पनि अञ्जान बन्छन् ।

त्यसो त उनीहरुलाई सम्पूर्ण कुराहरु थाहा हुन्छ । तर, पनि उनीहरु नियमहरुको पालन गर्दैनन् । यातायातको नियम त्यसै बनेको होइन अथवा सरकार र ट्राफिक प्रहरीहरुलाई फाइदा पुर्‍याउनका लागि ती नियमहरु बनेका पनि होइनन् । ती नियमहरु त तपाईं-हाम्रै सुरक्षाको लागि बनाइएका हुन् । जसका कारण तपाईं सुरक्षित रहन सक्नुहुन्छ । सधैं आफ्नो सवारी साधनलाई एउटा सामान्य गतिमा चलाउनुपर्छ । किनभने सबैभन्दा धेरै सडक दुर्घटना तीब्र गति र अनियन्त्रित हुनुको कारणले हुन्छ । गाडीलाई सधै सही रुटमा चलाउनुपर्छ । कहिले पनि गलत बाटोमा उल्टो चलाउनु हुँदैन ।

गाडी चलाउनु हुनसक्छ खतरनाक

यदि ट्राफिक बत्तीमा रातो बलेको छ भने गाडी त्यहीँ रोक्नुपर्छ । जब हरियो बल्छ तब मात्र गाडी अगाडि बढाउनुपर्छ ।  यदि तपाईं चार पाङ्ग्रे वाहन चलाउनुहुन्छ भने तपाईंको सुरक्षाका लागि सिट बेल्ट बाँध्नु अति नै आवश्यक छ । कहिले पनि ठूला गाडीहरुलाई ओभरटेक गर्नुहुँदैन । त्यो पनि दुर्घटना हुने एउटा प्रमुख कारण हो । सडकमा राखिएका स्पिड ब्रेकर देखेपछि गाडीको रफ्तार कम गर्नुपर्छ । त्यस्तै मोडहरुमा पनि गाडीको रफ्तार कम गरेर हर्न बजाएर मात्र गाडी मोड्नुपर्छ ।

कहिलेकाहीँ मोडमा अर्को गाडी पनि तीब्र गतिमा आइरहेको हुन्छ र अचानक गाडी मोड्नाले दुबै गाडीहरु एक-आपसमा ठोकिन्छ । त्यसैले मोडमा सधै ध्यानपूर्वक गाडी चलाउनुपर्छ ।

बाइक चलाउँदा राम्रोसँग हेलमेट लगाउनु पनि आवश्यक छ । यसो गर्दा कुनै गम्भीर दुर्घटना भइहाल्यो भने हेलमेटले तपाईँको टाउकोमा गम्भीर चोट लाग्नबाट बचाउँछ । यी सबै नियमहरुले तपाईं र अरुलाई पनि सुरक्षित राख्छ ।

मापसे गरेर गाडी चलाउनु खतरनाक

मादक पदार्थ सेवन अर्थात् मापसे गरेर सवारी साधन चलाउने विकृति देशभरी नै छ । केही दिनअघि झण्डै एक दर्जन व्यक्तिको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा चालकले अत्यधिक मदिरापान गरेको प्रहरीले उल्लेख गरेको थियो । सबैभन्दा धेरै समस्या युवा र किशोरहरुमा देखिन्छ ।

उनीहरुलाई जति सम्झाए पनि उनीहरुलाई कुनै असर पर्दैन । त्यस्तै लामो दुरीका सवारी चालकहरुमा पनि यो समस्या धेरै नै रहेको छ । जसका कारण आज दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । हिजोआज चालक मादकपदार्थ पिएर सवारी साधन चलाउँदा धेरैले आफ्नो ज्यान गुमाउन परेको छ भने कति घाइते भएका छन् । मादकपदार्थ पिएका कारण गाडी दुर्घटना भएका समचारहरु अहिले दिनहुँ हेर्ने र सुन्न पाइन्छ । जुन अति नै दुःखद कुरा हो ।

सरकारले मापसेको जाँच गर्ने नियम लगायत पनि चालकले सवारी साधन चलाउँदा मादक पदार्थ पिउने क्रम भने कम मात्र भएको छ । मापसे जस्तै सडक नियमहरुको पनि राम्रोसँग पालना भएको छैन । जसका कारण दिनहुँ मानिसहरु सडक दुर्घटनामा आफ्नो ज्यान गुमाउने गर्छन् । सडक दुर्घटना हुने अर्को प्रमुख कारण भनेको मादक पदार्थ पिएर सवारी साधन चलाउनु पनि हो । चालकलाई मदिरा पिए पनि आफूलाई पूर्ण होस छ भन्ने सोच्छन् । तर, त्यही कारणले गर्दा कति निर्दोषहरुले आफ्नो ज्यान गुमाइरहेका हुन्छन् ।

यसैविषयमा ट्राफिक प्रहरी सम्बन्धी एउटा मुक्तक पनि छ:

राख्छ तपाईंको सबै आवश्यकताको ध्यान

गर्छ तपाईंको सुरक्षित यात्राको लागि हरेक प्रयास ।

तपाईं पनि गर्नुहोस् हरेक ट्राफिक नियमको पालना

राख्नुहोस् आफ्नो प्रियजनहरुको ध्यान ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment