+
+

केकी र आँचलको सिउँदोमा सिन्दुर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते ११:१९

नायिकाद्धय केकी अधिकारी र आँचल शर्माको बोन्डिङ गज्जबको देखिएको छ । यी दुई नायिका हाल चलचित्र ‘झिंगे दाउ’को छायांकनमा व्यस्त छन् । चलचित्रमा यी दुइलाई दर्शकले केही फरक अवतारमा देख्न पाउनेछन् ।

केकीले यस्तो भूमिका यसअघि पनि केही चलचित्रमा गरेकी थिइन् भने आँचलका लागि यो फ्रेस भूमिका हो । यी दुइले आफ्नो सामाजिक संजालमा एक अर्काको चर्चा गर्न थालेका छन् ।

यसैविच, आँचलले सार्वजनिक गरेको एक तस्वीरमा यी दुबैको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । आँचल त यसैबर्ष बिहे गर्ने तयारीमा पनि छिन् तर केकीको भने बिहे पक्का भएको छैन ।

चलचित्रको पर्दामा बेहुली बन्दाको अनुभव गर्न पाउँदा यी दुई नायिका खुशी देखिएका छन् । केकी र आँचलले यस्तो खालको भूमिका गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा मुकुन भुषाल पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?