Comments Add Comment

ऋचा र दिपेक्ष भन्छन्–‘हामी एक अर्काको कामलाई सम्मान गर्छौ’

शनिबार बैबाहिक बन्धनमा बाँधिएका नायिका ऋचा शर्मा र लाबिम मलका जनरल म्यानेजर दिपेक्ष विक्रम रानाले बिहिबार काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेका छन् । पार्टीमा मिडियासँग कुरा गर्दै ऋचा र दिपेक्षले एक अर्काको कामलाई सम्मान गर्ने बताए ।

के तपाई ऋचाले चलचित्र क्षेत्रमा नै काम गरुन् भन्ने चाहनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा दिपेक्षले भने–‘पक्कै पनि हामीले यो करिअर बनाउनका लागि लामो समयको मिहिनेत गरेका छौ । म उनको कामलाई सम्मान गर्छु । यसमा कुनै पनि रोकतोक छैन ।’

नायिका ऋचा शर्माले यो जुनीका लागि आफू दिपेक्षको भएको बताइन् । भनिन्–‘यो यात्रा अब सधैका लागि अगाडि बढाउन मैले दिपेक्षको हात समातेको छु । यो जुनी अब म उनकै हुँ ।’

ऋचाले आफूलाई दिपेक्षको घर भित्रिदा मात्र बुहारी भएर गएको, बिहे गरेको महशुश भएको सुनाइन् । भनिन्–‘म उहाँको घर भित्रिदा, उहाँको ममी ड्याडीले मलाई स्वागत गर्दा मात्र मलाई बिहे गरेको महशुश भयो । तर, उहाँहरुले मलाई बुहारी भएको महशुश भने गर्न दिनुभएको छैन ।’

ऋचा र दिपेक्षले आफूहरु दुबै जना रमाइलो गर्ने स्वभावको भएको भन्दै काममा भने गम्भिर हुनुपर्ने बताए । ऋचाले आफूलाई भाग्यमानी संझिदै भनिन्–‘मेरो कामलाई, मेरो पेशा र प्यासनलाई उहाँले वुझिदिनुभएको छ । यसैले, म उहाँसँग बिबाह बन्धनमा बाँधिएकी हुँ ।’ दिपेक्षले भने ऋचा एकदमै व्यवहारिक भएकाले मन मिलेको सुनाए ।

हनिमुन योजनाको बिषयमा ऋचाले भनिन्–‘तत्काल त हामी रारा र मुस्ताङ जान चाहन्छौ । भिजिट नेपाललाई प्रमोट गरौं भन्ने पनि योजना हो ।’ २ बर्ष लामो प्रेम सम्बन्धपछि ऋचा र दिपेक्षले बिहे गर्ने निर्णय लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment