Comments Add Comment

ग्रेटा थनवर्ग : द आइडल टिनएजर्स

हामी आफ्ना बालबच्चाको सुरक्षित भविष्यका लागि घर-जग्गा जोड्छौं, बिमा गराउँछौं, बैंक ब्यालेन्स गरिदिन्छौं, शिक्षा-दीक्षा दिन्छौं । केही पुस्तालाई पुग्ने मनग्ये सम्पत्ति जोडिदिएपछि उनीहरुको भविष्य सुरक्षित हुन्छ भन्ने सोच्छौं । तर, हामीले जोहो गरिदिएका यति कुराले मात्र हाम्रा बालबच्चाको ‘भोलि’ सुरक्षित होला ?

किनभने हामीले आज पर्यावरणलाई यति ध्वस्त बनाउँदैछौं कि भोलिका लागि बाँच्ने हाम्रा बालबच्चा त्यसको खराब नतिजा व्यहोर्न तयार हुनुपर्नेछ । प्रकृति र पर्यावरणमाथि हामीले जुन अत्याचार गरिरहेका छौं । त्यसले अन्ततः हाम्रै बालबच्चालाई संकटमा पार्नेछ । उनीहरुको ‘भोलि’ कष्टकर र कारुणिक बनाउनेछ ।

प्रसंग, जलवायु परिवर्तनको । यो विश्वकै लागि टाउको दुखाईको विषय हो । तर, यसबारे हामी न सचेत छौं, न सतर्क । यस सम्बन्धमाहरेक वर्ष ठूला-ठूला गोष्ठी-सेमिनार हुने गर्छ । धाराप्रवाह भाषण ठोक्ने गरिन्छ । तर, जलवायु परिवर्तनको सन्दर्भमा ठोस उपलब्धी हाँसिल हुने गरी न बहस भएको छ, न कुनै काम । यसै मेसोमा एक १६ वर्षे किशोरीले ‘जलवायु परिवर्तन’को मुद्दालाई पेचिलो बनाउँदै सारा विश्वको ध्यान केन्द्रित गरेकी छिन् ।

‘मानवता यतिबेला दोबाटोमा उभिएको छ । अब हामी कुन् बाटो जाने ? भन्ने विषयमा तत्कालै निर्णय लिनुपर्ने भएको छ ।’ यो कुनै महान दार्शनिकको होइन । समाजले बुज्रुक र शक्तिशाली मानेको राजनेताको पनि होइन । यो त केवल १६ वर्षे कलिलो उमेरमा भविष्यको चिन्ताले सताएर जलवायु परिवर्तनको मुद्दामा चिन्तित एक किशोरीको हो ।

सानो उमेरमा नै उनका पाइलाहरुले ठूलो यात्राको लागि यात्रा आरम्भ गरे । विद्यालयको परिधि भित्र बसेर कोरा किताबी ज्ञानको भूतले उनलाई सताएन । बरु उनी भावी सन्ततीलाई हामीले यही विश्व र यही जीवन दिन सक्छौं त ? भन्ने चिन्ताले सताइरहृयो । त्यहीँबाट सुरु भयो उनको मेडि्रडसम्मको यात्रा ।

ग्रेटा थनवर्ग । १६ वर्षको उमेरमा नै अमेरिकी चर्चित पत्रिका टाइमको २०१९ वर्ष व्यक्ति बनेकी एक किशोरी हुन् । थुनबर्ग एक स्कुले किशोरी हुन् । जसले जलवायु परिवर्तनको मुद्दा बोकेर विद्यालयमा हड्ताल गर्नेदेखि हरेक शुक्रबार भविष्यको लागि भन्ने नयाँ अभियानको सुरुवात पनि गरिन् । उनको यही एउटा प्रयासले सारा संसारमा मौसम परिवर्तनको बारेमा नयाँ बहस सुरु भयो । उनीहरु जस्तै बच्चाहरुमा नयाँ जोश आयो । त्यसले उनीहरु भन्दा उमेरले पाको भइसकेकाहरु पनि यो मुद्दामा लाग्न बाध्य भए । जसका कारण विश्वमा जलवायु परिवर्तनको बारेमा एउटा ठूलो समूहको नै थुनबर्गले नेतृत्व गरिन् । त्यसैले उनलाई विश्वसामु चिनायो ।

गत वर्ष भएको विश्व जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनमा भाग लिनको लागि उनी पनि मेडि्रड पुगेकी थिइन् । सो सम्मेलनमा उनलाई एउटा प्रश्न सोधिएको थियो । तपाईं विश्वका नेताहरुलाई के सन्देश दिन चाहानुहुन्छ ? भन्ने प्रश्नमा थुनबर्गले क्रोधित, कूटनीतिक र भावनात्मक तरिकाले उत्तर दिँदै थिइन् । तर, ती किशोरी थिनवर्गको सन्देश सुन्ने कोही पनि बाँकी थिएनन् । थिनवर्गले सम्मेलनमा दिएको सुझाव जस्ताको त्यस्तै यस्तो छ ।

मेरो सन्देश यो हो कि हामी तपाईंहरुलाई देखिरहेको हुनेछौं । यी सबै कामहरु अहिले गलत भइरहेका छन् । मेरो समुन्द्रको पारिपट्टी मेरो स्कूलमा हुनुपर्दथ्यो । तर, तपाईंहरु हामी सबैको मद्दतका लागि हामी साना बच्चाहरूसामु आउँदै हुनुहुन्छ । तपाईंहरुलाई कसरी हिम्मत भयो तपाईंहरुले आफ्नो खोक्रो शब्दहरूका कारण मेरो बालापन खोस्नु भएको छ । तर, म त अझै पनि भाग्यमानी छु । मानिसहरू चिन्ता र समस्यामा गुजि्ररहेका छन् ।

मानिसहरू मर्दैछन्, सम्पूर्ण पारिस्थितिक पद्धतिहरु खतरामा छ । हामी सबै एक ठूलो विनाशको सुरुवाती अवस्थामा छौं । तपाईंहरू केवल पैसा र काल्पनिक आर्थिक विकासको बारेमा कुरा गर्नुहुन्छ । तपाईंहरुको हिम्मत कसरी भयो ? करिब ३० वर्षदेखि विज्ञानले स्पष्टसँग चेतावनी दिइरहेको छ । तरपनि तपाईंहरुलाई कसरी हिम्मत भयो कि यो सभामा आएर हामीहरु धेरै काम गरिरहेका छौं भन्नको लागि ?

तपाईंहरु भन्नुहुन्छ कि तपाईंहरु पनि हामीले भनेको सुन्नु हुन्छ र जरुरतलाई सम्झनुहुन्छ । मेरो मतलब यो होइन कि म कति क्रोधित वा रिसाएको छु । तर म यसमा एक रति पनि विश्वास गर्दिन । किनभने यदि तपाईले वास्तवमै परिस्थिति बुझ्नु भएको छ र अझै पनि केही गर्नुभएन भने म तपाईलाई राम्रो मान्ने छैन । म यसलाई विश्वास गर्दिन । आउँदो १० वर्षमा कार्वन उत्सर्जन आधा घटाउने लक्ष्यका साथ विश्वव्यापी तापमान १.५ डिग्री र मानव नियन्त्रणभन्दा बाहिरको प्रकोपको नियन्त्रण हुने सम्भावना केवल ५० प्रतिशत छ । ५० प्रतिशत सायद तपाईंलाई स्वीकार्य हुनेछ । तर, यी संख्याहरूले प्रायः वातावरणीय प्रतिक्रियाहरू र वायु प्रदूषणबाट हुने अधिक तापमानलाई यसमा समावेश गरिएको छैन ।

हाम्रो पुस्ताले तपाईंको कमजोर टेक्नोलोजीका कारण उत्पादन गरिएको करोडौं टन कार्बनडाइअक्साइड सासको माध्यमबाट लिन बाध्य छ । यो ५० प्रतिशतको सम्भावना हामीलाई स्वीकार्य छैन । हामी यही परिस्थितिहरूको साथ बाँचिरहेका छौं र बाँचिरहन पाउनु पर्नेछ ।

तपाइहरु कसरी विश्वास दिलाउन सक्नुहुन्छ कि सामान्य हिसाबले काम गर्दा पनि जलवायु परिवर्तनको यो मुद्दा रोक्न सकिन्छ भन्ने कुरा ? यही अवस्थामा रहने हो भने पृथ्वीको कार्बन डाइअक्साइडको सामना गर्ने क्षमता साढे आठ वर्ष भित्रमै हराउने छ । यदि तपाईंले हाम्रो लागि केही गर्नुभएन भने हामी तपाईंलाई कहिले पनि माफी दिने छैनौं । हामी तपाईंहरुलाई यस्तै मनोमानी गरिरहन दिदैनौं । आज, म यहाँबाट तपाईंहरुलाई एक चेतावनी दिन चाहन्छु, संसार जागिरहेको छ । संसारमा परिवर्तन आइसकेको छ, तपाईंहरु चाहनुस् नचाहनुस् । धन्यवाद ।


किशोरीहरुको जागरुकता

राजनीतिले जकडिएको विश्वमा अरु कसैले गर्न नसकेको बालअधिकारसम्बन्धी मुद्दालाई पाकिस्तानी बालअधिकारबादी मलाला युसफजईले विश्वसामु बहसमा ल्याइन् । उनको त बालापन त्यही मुद्दामा लड्दा लड्दै गयो । तर, यही सक्रियताको कारण उनलाई सन् २०१४ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत गरियो । त्यतिबेला उनी सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति बनिन् ।

त्यसको ठीक ५ वर्षपछि फेरि अर्की किशोरीले भविष्यको चिन्तामा विश्वका नेताहरुलाई नयाँ पाठ सिकाएकी छिन् । आफ्नो किशोरावस्थामा साथीहरुसँग प्रणयबन्धनमा बाधिएर संसार भुल्नेहरुको लागि उनी एउटा आदर्श किशोरी हुन् । जलवायु परिवर्तन सम्बन्धी उनीसँग कुनै जादुई उपचार त छैन । तर, उनकै कारण विश्वका ठूला नेताहरु सोच्न भने बाध्य भएका छन् ।

स्वीडेनदेखि पेरिससम्मको यात्रा

प्रसंग स्वीडेनदेखि पेरिससम्मको यात्राको हो । ग्रेटा थनवर्ग एट्लान्टिक महासागर पार गर्ने क्रममा जहाजको केबिनमा मौन बसेकी छिन् । जसले उनलाई एट्लान्टिक महासागर पार गराउँदैछ । उनले मौनता भंग गरेकी छैनन् । भित्र, भित्तामा एउटा गाईको खोपडी झुन्डिएको छ, फिक्का ग्लोब, एक बच्चाले लगाउने पहेंलो रेनकोट । बाहिर, यो आँधीबेहरी होस् या वषर्ाले डुङ्गालाई हिर्काइरहेको छ ।

भित्र यी सानी केटी आफ्नो पिता र केही साथीहरू भर्जिजियाबाट पोर्चुगलको यात्रामा छिन् । उनी आफैंले आँधीसँग झेल्दै विश्वमा नै अर्काे आँधी लिएर हिँडिरहेकी छिन् । अराजकको केन्ऽमा संकल्पको छालले शान्त गतिलाई बिथोलिरहेको छ । उनी छाल जस्तै शान्त छिन् । उनी बाहिरको संसार उनलाई नै देखेर चिच्याईरहेको छ । तर, उनको मौनता टुटेको छैन । मौनतामा नै उनले ठूलो चेतावनी विश्वलाई दिइरहेकी छिन् ।
यो एक कटु सत्य हो, एक किशोरी केटीको नेतृत्वशाली क्षणको । एउता सिल बोट, ला वागाबोंडेले लिस्बनको बन्दरगाह तिरको यात्रा गर्दैछ । त्यहाँ नै यहाँबाट नै उनको मेडि्रड तर्फको यात्रा सुरु हुन्छ । उनी म्याडि्रड जाँदै छिन् जहाँ संयुक्त राष्ट्रसंघले यस वर्षको जलवायु सम्मेलनको आयोजना गरिरहेको छ । राष्ट्रहरूले पेरिस सहमतिले तय गरेको प्रमुख समयसीमा पूरा गर्ने नयाँ योजनाहरू प्रतिबद्ध भएको सुनाउने यो अन्तिम पटकको शिखर सम्मेलन थियो ।

ग्रीन हाउस ग्यास उत्सर्जन घटाउन परिवर्तनकारी कार्यमा उनीहरू सहमत नभएसम्म औद्योगिक क्रान्ति पछि विश्वको तापक्रम १. ५ डिग्री सेल्सियससम्म पुग्नेछ । वैज्ञानिकहरूले चेतावनी दिए अनुसार ३५० मिलियन मानिसहरु योसँगै थप खडेरीको शिकार हुनेछन् । १२० मिलिनय मानिसहरूलाई यसले चरम संकटमा पुर्याउने छ । तापक्रम बढ्ने डिग्रीको प्रत्येक अंशको लागि, यी समस्याहरू झन् बढी बढ्नेछ । यो डरलाग्दो कथा होइन । यो सत्य विज्ञान हो । दशकौंदेखि अन्वेषकहरू र कार्यकर्ताहरूले विश्व नेताहरूलाई मौसमी खतरालाई गम्भीर रूपमा लिनको लागि आग्रह गरिरहे । तर, यस वर्ष सुन्दर भविष्य बोकेर आएकी यी एक किशोरीले विश्वको ध्यान केन्द्रित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment