+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सिंढी चढ्दा चिप्लिए मोदी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १८:२८

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार कानपुरको भ्रमणमा थिए । सो भ्रमणको समयमा उनी एउटा दुर्घटना हुनबाट बच्न पुगे ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार अटल घाटमा गंगामा यात्रा गरिसकेपछि प्रधानमन्त्री सिंढीमा चढ्दै थिए । जब मोदीको खुट्टा एक्कासी बीचको भ¥याङमा चिप्लिन पुग्यो र उनी लडे ।

यद्यपि उनको पछाडि रहेका सुरक्षाकर्मीहरूले मोदीलाई सम्हाले । त्यसपछि उनी आफैं उठे ।

यस पछि, उनी सवाधानीपूर्वक सिंढीमा चढेर घाटमा पुगे । उक्त सिंढीमा प्रधानमन्त्री मोदी मात्रै लडेका भने होइनन् । पछिल्लो समय निरीक्षण गर्न आएका आधा दर्जन अधिकारीहरु सोही सिंढीमा लडेका थिए ।

यसबारे प्रशासनले शुक्रबार राति छलफल समेत गरेको थियो । कमिश्नर सुधीर एम बोबडेले शुक्रबार राति नै एसपीजीलाई अटल घाटमा रहेको एउटा खुड्किलो अग्लो रहेको जानकारी गराइएको थियो । तर पनि उनी त्यही सिंढीमा चिप्लिन पुगेका हुन् ।

यसबारे निर्माण कम्पनीसँग कुरा गरेर परीक्षण गरिने र सिंढी फोर्ने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?