Comments Add Comment

ए डिभिजन लिगमा आर्मीको सुखद सुरुवात

तस्वीर : त्रिभुवन आर्मी क्लब

२९ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले सुखद सुरुवात गरेको छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएर ३ अंक जोडेको छ । सातदोबाटास्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले तेस्रो मिनेटमा नै नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा फ्रेण्ड्सले बराबरी गोल फर्कायो । उसका लागि शक्ति राईले गोल गरे । तर खेलको ८१ औं मिनेटमा दिनेश योन्जनले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment