+
+
Shares

वृज सिमेन्टको ‘एक्सपर्ट मेशनक्लब’मार्फत निर्माणकर्मीको निःशुल्क बीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १७:५७

३० मंसिर, काठमाडौं । वृज सिमेन्टले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरुलाई ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध गरेर निःशुल्क रुपमा रु. पाँच लाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।

यसबाट कम्पनीले आफनो सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह हुने बताएको छ । उक्त कार्यक्रमलाई अझै फलदायी बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब” मा आवद्ध निर्माणकर्मीलाई उपहार सहित पासबुक बितरण गरेको छ ।

योजनाअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिजका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्नेछन् । हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरु काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिलेसम्म कम्पनीले २५०० बढी निर्माणकमीलाई ‘एक्सपर्ट मेशनक्लब’ मा आवद्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?