Comments Add Comment

संकटालाई गत वर्षको उपलब्धी जोगाउने चुनौती

प्रशिक्षक भन्छन् : लिग मेरा लागि पनि चुनौतीपूर्ण

३० मंसिर,  काठमाडौं । संकटा क्लबले गत वर्ष ए डिभिजन लिग दोस्रो स्थानमा रहेर सकेको थियो । सामान्य शुरुवात गरे पनि संकटा कुनै समय उपाधिको दाबेदारसमेत बनेको थियो र अन्तिममा उपविजेता बन्यो ।

यस सिजन संकटाको प्रशिक्षक फेरिएको छ तर लक्ष्य फेरिएको छैन । नयाँ सिजनको पहिलो खेलमै संकटा च्यासल युथ क्लबसंग २-० ले पराजित भयो । हारपछि संकटाका प्रशिक्षक विजय महर्जनले लिगको पहिलो खेल भएकोले कठिन भएको बताए ।

‘पहिलो खेल हो । खेलाडीले पनि सोचेअनुसार खेल्न सकेनन् । हाम्रो टिम कम्बिनेसन पनि राम्रो भएन । केही खेलाडीले रंगशालमा पहिलो पटक खेलेका थिए’ महर्जनले भने ।

उनले विदेशी खेलाडी खेलाउन नपाउँदा पनि समस्या भएको बताए । ‘हामीले विदेशी खेलाडीलाई समेत राखेर टिमको  ट्रेनिङ गरेका थियौं तर, विदेशी खेलाडीले भिसाको समस्याले गर्दा खेल्न पाएनन् । जसको कारण हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौं’, प्रशिक्षक महर्जनले भने ।

उनले लिगमा लक्ष्य दोस्रोबाट तल नझर्ने रहेको बताए । ‘अझै पनि केही बिग्रेको छैन । सकेसम्म च्याम्पियन हुने भन्ने नै हो । तर दोस्रो स्थान भन्दा तल नझर्ने लक्ष्य हो’ महर्जनले भने ।

उनले नेपालको प्राय क्लब नै विदेशी खेलाडीमा निर्भर रहने बताए । ‘हामी पनि नि त्यस्तै नै हो । विदेशी खेलाडी बिना त नेपाली क्लब फितलो जस्तो देखिन्छ’ महर्जनले भने ।

उनले आफ्नो लागि पनि यो लिग चुनौती रहेको बताए ।

लक्ष्य च्याम्पियन नै हो : च्यासलका प्रशिक्षक 

उता संकटालाई हराउँदै शानदार शुरुवात गरेपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले शुरुमा के होला भन्ने डर भए पनि नतिजाबाट खुशी रहेको बताए ।

‘शुरुमा १० मिनेट अलि नर्भस थियौँ । वर्क परमिटले गर्दा हामीले ३ विदेशी खेलाडी खेलाउन पाएनौं, त्यसैले डर थियो । तर हाम्रो खेल राम्रो भयो’ साहुखलले भने ।

यो पनि पढ्नुहोस नेपाली फुटबलको स्तर अझै माथि उठेन : सन्तोष साहुखल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment