Comments Add Comment

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको राष्ट्रिय सम्मेलन हुने

२ पुस, काठमाडौं । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६ पुसको पहिलो सातामा हुने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पुस ४, ५ र ६ गते काठमाडौंमा सम्मेलन हुने जानकारी दिइएको हो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुसन्धान र अभियोजनलाई थप पारदर्शी एवम् निष्पक्ष बनाउनका लागि अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दोस्रो राष्ट्रिय सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अनुसन्धान पद्धतिलाई वैज्ञानिक बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले विगतमा देखिएका कमीकमजोरीलाई निरुपण गर्न तथा फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्थामा देखिएका समस्याहरुको विषयमा पनि छलफल हुने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच थप समन्वय र सहकार्य भइ वैज्ञानिक पद्धति अनुरुप अनुसन्धानलाई थप वस्तुनिष्ठ बनाउन सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको बताए ।

सम्मेलनका निष्कर्षहरुले अनुसन्धान र अभियोजनलाई थप स्पष्ट कार्यदिशा प्राप्त हुने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment