Comments Add Comment

विलियनको दुई गोलमा चेल्सीले टोटनह्यामलाई हरायो

७ पुस, काठमाडौं । गुरु-चेलाबीचको भिडन्तमा फ्रान्क लाम्पार्डले बाजी मारेका छन् । आफ्नै पूर्वप्रशिक्षक जोसे माउरिन्होले सम्हालेको टोटनह्यामविरुद्ध चेल्सीले जित हात पारेको छ ।

पि्रमियर लिगअन्तर्गत गएराति भएको लण्डन डर्बीमा विलियनले दुई गोल गरेपछि लाम्पार्डलाई राहत महसुस भएको छ । लाम्पार्डको चेल्सीले माउरिन्होको टोटनहमलाई २-० ले पराजित गरेको हो ।

खेलको १२ औं मिनेटमा पहिलो गोल गरेका विलियनले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । विलियनको पेनाल्टी गोल पि्रमियर लिगमा टोटनह्यामविरुद्ध चेल्सीको एक सयौं गोलसमेत हो ।

६२ औं मिनेटमा हेउन मिन सनले रातो कार्ड पाएपछि टोटनह्यामले दश खेलाडीमा रहेर खेलेको थियो ।

जितपछि १८ खलबाट ३२ अंक जोडेको चेल्सी चौथो स्थानमै यथावत छ । समान खेलबाट २६ अंकसहित टोटनह्याम सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment