
७ पुस, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अहिलेसम्म ८० भन्दा बढीलाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए । प्रहरीले उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4