Comments Add Comment

जिम्न्याष्टिकमा प्रधान

काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले ध्रुवबहादुर प्रधानलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।

अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकीकरण भएपछि चुनाव भएको हो । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकीकरण गरी पुनर्गठन गरिएको थियो ।

एकीकरणअघि प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय र  किशोरबहादुर सिंह नेतृत्वको संघलाई राष्ट्रिय मान्यता थियो ।

शनिबार भएको साधारण सभाले २९ सदस्यीय केन्द्रीय कार्यसमिति  निर्विरोध चयन गरेको छ । एकीकरणपछि सह–अध्यक्ष भएका किशोरबहादुर सिंह त्यही पदमा यथावत रहे । सात उपाध्यक्षमा दीपककृष्ण प्रजापति, राजेश खड्का, बाबुराम थापा, गीता क्षेत्री, अरुणकुमार राठी, सुशिलप्रकाश प्रधान र मोहनराज भट्ट रहेका छन् । मुकुन्दराज शर्मालाई पुनः महासचिव बन्दा प्रमिला सिंह श्रेष्ठ र वचन देउजाले सचिव, सुनिलमान सिंले कोषाध्यक्ष तथा डा. कुस्मिला आचार्यले सह–कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment