+
+

भ्रमण वर्षमा चीनबाट सहायक पर्यटनमन्त्रीको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १६:५३

१५ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन चीनका सहायक पर्यटनमन्त्री वङ सियापोफेङ नेपाल आइपुगेका छन् ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् ।

भ्रमण वर्षको उद्घाटनमा नेपाल आउने उच्च विदेशी पाहुनामध्ये उनी पनि एक हुन् ।

नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ । भ्रमण वर्षको उद्घाटनलाई भब्य बनाउने योजना भ्रमण वर्ष सचिवालयले गरिरहेको छ ।

यस अवसरमा करिब आधा दर्जन मुलुकबाट उच्चपदस्थ पाहुनाले भाग लिने पर्यटन मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?