
१६ पुस, काठमाडाैं । इस्वी संवत २०१९ बिदा भएर आज बुधबारबाट २०२० सुरु भएको छ । यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान चलिरहेको छ ।
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै एउटा प्रस्ताव पनि गरेका छन्, नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउने ।
टि्वटरमा डा. भट्टराईले लेखेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको इस्वी संवतलाई प्रशासनिक/आर्थिक क्यालेन्डर बनाउँ । नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष, इत्यादी सम्धीका गफ मात्रै होलान् है ।’
यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है!
— Baburam Bhattarai (@brb1954) January 1, 2020
साथै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् । यसो गरे कसो होला ? भन्दै उनले ‘नेपालमै जन्मेको नेपाल सम्वत तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्वत्लाई सांस्कृतिक क्यालेन्डर बनाउन’ प्रस्ताव गरेका छन् ।
अर्को एक टि्वटमा डा. भट्टराईले एक्काइसौं शताब्दीको तेस्रो दशकले पूँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प दिने तथा ट्रम्प र ओलीहरुको श्रेष्ठतर नेतृत्वको विकल्प देओस’ भन्ने कामनासमेत गरेका छन् ।
प्रतिक्रिया 4