+
+

बक्सिङमा स्वर्ण  जित्ने खेलाडी सम्मानित

रासस रासस
२०७६ पुष १७ गते १६:३४

१७ पुस, काठमाडौं । नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको छ ।

सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गरे । उनीहरुलाई सम्मानस्वरुप जनही २५ हजार रुपैयाँ दिइएको छ ।

बेलायतमा बस्दै आएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाएका थिए । कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?