Comments Add Comment

ए डिभिजन लिगमा चौथो चरण सकियो, मनाङलाई पछ्याउँदै मच्छिन्द्र र आर्मी

१८ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको छ । सहभागी १४ क्लबले ४-४ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये २८ खेल सकिएको छ । अहिलेसम्म लिगमा खासै ओहो ! भन्ने खालको हुन नसके पनि चौथो चरणमै विभागीय टोली त्रिभुवन आर्मी र थ्री स्टार क्लबबीचको खेलमा भने सबै खालको रोमाञ्चकता थियो । जहाँ आर्मीले थ्री स्टार २-० ले हरायो । यसै खेलपछि पाटने क्लब थ्री स्टारको अपराजित यात्रा पनि रोकियो । उता सन्तोष तामाङको पुनरागमनमा गोलसँग आर्मीले पुरानो लय पनि भेट्टाएको छ ।

आर्मीसँगै अन्य दुई विभागीय क्लब नेपाल पुलिस र एपीएफले पनि जित हात पारे । सुमन लामाको दुई गोल सहयोगमा पुलिसले साविक उपविजेता संकटा क्लबलाई २-१ ले हराउदा आशिस लामाको दुई गोलमा एपीएफले सरस्वती युथ क्लबलाई २-१ ले पराजित गर्‍यो ।

सरस्वतीको खराब प्रदर्शन जारी रह्यो । लगातार चौथो खेल हारेको सरस्वतीले गोलको खाता भने खोल्न सफल भयो ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबको जित यात्रा पनि यही चरणमा रोकियो । गत सिजनको अन्तिम लिग खेलमा फ्रेण्ड्स कलबसँग मनाङ पराजित भएको थियो । यस सिजन लगातार मनाङको जितमा त्यही फ्रेण्ड्सले ब्रेक लगाइदियो । फ्रेण्ड्सले मनाङलाई १-१ को बराबरीमा रोक्दै सिजनको पहिलो अंक समेत जोड्यो ।

यसैगरी ललितपुरे क्लब जावलाखेल युथ क्लबले अपराजित यात्रा कायम राख्ने क्रममा च्यासल युथ क्लबलाई २-० ले हरायो । शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासलको प्रदर्शन कमजोर बन्दै जाँदा जावलाखेल भने उत्कृष्ट प्रदर्शन जारी राख्न सफल भयो ।

ललितपुरको अन्य क्लब पराजित हुँदा जावलाखेलले भने अझै हार बेहोर्नुपरेको छैन । यस्तै नाम चलेका खेलाडी भित्र्याएर उपाधि दाबेदारी पेश गरेको मच्छिन्द्र क्बलले पनि एनआरटीविरुद्ध १-० को कठिन जित हात पार्दै तेस्रो जित हात पार्‍यो । मच्छिन्द्रले उपाधि होडमा रहेको मनाङलाई चुनौती दिइरहेको छ ।

चौथो चरणमा ६ खेलको स्पष्ट नतिजा आउँदा एक खेल भने बराबरीमा सकियो । चौथो चरणमा एक खेलाडीले मात्र रातो कार्ड सामना गर्नुपर्‍यो । यस लिगमा दोहोरो पहेँलो कार्ड पाएर रातो कार्ड पाउने चौथो खेलाडी बने हिमालयन शेर्पाका निरज बस्नेत ।

शुरुवाती दुई चरणमा लगातार गोल गर्दै लिगमा सर्वाधिक गोलकर्तमा अगाडि रहेको च्यासलका फरवार्ड सन्तोष साहुखला लगातार दुई खेलमा गोल गर्न असफल भने । नेपालको आधुनिक लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्ने तरखरमा रहेका च्यासल युथ क्लबका फरवार्ड सन्तोषले पछिल्लो दुई खेलमा गोल गर्न सकेनन् ।

यस सिजन सर्वाधिक (३ गोल) गोल गर्नेमा सन्तोषलाई नेपाल पुलिसका सुमन लामाले भेट्टाएका छन् ।

चौथो चरणको खेलको नतिजा

मच्छिन्द्र १-० एनआरटी

फ्रेण्ड्स १-१ मनाङ

च्यासल ०-२ जावलाखेल

हिमालयन ०-१ ब्रिगेड

संकटा १- २ पुलिस

आर्मी २-० थ्री स्टार

सरस्वती १-२ एपीएफ

चौथो चरण तथ्यांकमा

खेल : ७

जित/हार : ६

बराबरी : १

गोलरहित बराबरी : ०

क्लिनसिट : ४ (मच्छिन्द्र, जावलाखेल, ब्रिगेड, आर्मी)

पहेँलो कार्ड : १६

रातो कार्ड : १ ( दोहोरो पहेँलो कार्ड)

रातो कार्ड पाउने खेलाडी : निरज बस्नेत (हिमालयन शेर्पा क्लब)

कूल गोल : १४

गोल गर्ने खेलाडी : १२

सोमिडे एडालेजा, उत्तम राई, रन्जन विष्ट, रुप बहादुर लामा, विजय घलान, विजय गुरुङ, सुमन लामा, अमित तामाङ, नवयुग श्रेष्ठ, सन्तोष तामाङ, आशिष लामा, विनोद केसी

चौथो चरणपछि समग्रमा तथ्याङ्क

कूल गोल  : ५१

गोलकर्ता : ४०

पहेँलो कार्ड : ५८

रातो कार्ड : ६ (५ दोहोरो पहेँलो कार्ड)

चार खेल जित्ने : छैन

अपराजित : मनाङ, मच्छिन्द्र, जावलाखेल

चार खेल हार्ने : सरस्वती क्लब

धेरै गोल गर्ने मच्छिन्द्र : ७ गोल 

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल, सुमन लामा : ३ गोल

सरोज तामाङ, विमल राना, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुए, नवयुग श्रेष्ठ, एडालेजा सोमिडे, आशिष लामा : २ गोल

योगेश गुरुङ, दीपक राई,  दिनेश हेन्जन, शक्ति राई,  जोर्डन ओवाना,  देवेन्द्र तामाङ, जय गुरुङ, रोसन राना मगर, दिपेश आले मगर, त्रिदेव गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई, पिटर सेगुन, रेजिन सुब्बा, दर्शन गुरुङ, अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी, भोला सिलवाल, अनन्त तामाङ, उत्तम राई, रन्जन विष्ट, रुप बहादुर लामा, विजय घलान, विजय गुरुङ, अमित तामाङ, सन्तोष तामाङ, विनोद केसी : १ गोल 

चार वटै खेलमा क्लिनसिट राख्ने गोलकिपर : 

धेरै क्लिनसिट राख्ने गोलकिपर

प्रिसो निएङ्गा,  थ्री स्टार – ३ खेल

दिप कार्की, मनाङ – ३ खेल

विशाल श्रेष्ठ, मच्छिन्द्र – ३ खेल

शत्रुघन चौधरी, पुलिस – ३ खेल

टेकेन्द्र थापा, जावलाखेल – ३ खेल

विकेश कुथु, आर्मी – २ खेल

विशाल सुनार, ब्रिगेड – २ खेल

अंक तालिका चौथो चरण

 

क्लब खेल जित हार बराबरी गोल गरेको गोल खाएको गोल अन्तर अंक
मनाङ मर्स्याङ्दी क्लब १०
मच्छिन्द्र क्लब ९*
त्रिभुवन आर्मी क्लब
जावलाखेल युथ क्लब
नेपाल पुलिस क्लब
थ्री स्टार क्लब
ब्रिगेड ब्वाइज क्लब
एनआरटी क्लब ४*
च्यासल युथ क्लब -१
१० एपीएफ क्लब -२
११ संकटा क्लब -२
१२ हिमालयन शेर्पा क्लब -३
१३ फ्रेण्ड्स क्लब -६
१४ सरस्वती युथ क्लब -८

*गत वर्ष पुछारबाट दोस्रो भएको मच्छिन्द्रले १ अंक ऋण तिरेको छ ।

*गत वर्ष अन्तिम भएको एनआरटीले २ अंक ऋण तिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment